close

भारतका १३ सहरबाट सुरु हुँदै फाइभजी

टेकपाना टेकपाना

भदौ ९, २०७९ ११:३०

भारतका १३ सहरबाट सुरु हुँदै फाइभजी

काठमाडौं । भारतमा चाँडै फाइभजी सेवा सुरु हुने भएको छ । सरकारले बोलकबोलमार्फत फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराएसँगै भारतका दुई ठूला दूरसञ्चार कम्पनी रिलायन्स जिओ र एयरटेल फाइभजीको व्यावसायिक सुरुवातका लागि तयार भएका हुन् ।

यही महिनाको सुरुवातमा ७००, ९००, १८००, २४००, २१०० मेगाहर्ज ब्याण्डमा कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी अक्सनमा राखिएको थियो ।

त्यसमध्ये जिओले कुल २४ हजार ७४० मेगाहर्ज, एयरटेलले १९ हजार ८६७.८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८.४ र अदानी इन्टरप्राइजेजले ४०० मेगाहर्ज  फ्रिक्वेन्सी हात पारेका थिए ।

एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्य बराबरको फ्रिक्वेन्सी हात पारेका छन् ।

यस्तै, अदानी डेटा नेटवर्कले जम्मा दुई करोड ७० लाख डलरको फ्रिक्वेन्सी खरिद गरेको छ ।

यस्तोमा अब फाइभजीको सुरुवात भारतको कुन सहरबाट हुनेछ भन्ने कुरा धेरैका लागि चासो छ । भारत सरकारले जारी गरेको फ्रिक्वेन्सी प्रतिवेदन अनुसार फाइभजी चरणबद्ध रुपमा विस्तार हुनेछ ।

पहिलो चरणमा अहमदाबाद, बैंगलोर, चण्डीगढ, चेन्नाई, दिल्ली, गान्धीनगर, गुरुग्राम हैदरावाद, जामनगर, कोलकता, लखनउ, मुम्बई र पुणे गरी कुल १३ मुख्य सहरबाट फाइभजी सेवा सञ्चालनमा आउने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३