close

प्रयोगकर्ताको अनलाइन सुरक्षाका लागि गुगलको नयाँ कदम

टेकपाना टेकपाना

भदौ ९, २०७९ १८:३१

प्रयोगकर्ताको अनलाइन सुरक्षाका लागि गुगलको नयाँ कदम

काठमाडौं । आजको दुनियाँमा प्रयोगकर्ताको अनलाइन सुरक्षा सबैभन्दा ठूलो चुनौतीको विषय बनेकाे छ । यसका लागि प्रविधि कम्पनीहरूले सुरक्षाका विभिन्न मापदण्ड अपनाउँदै आएका छन् ।

यसैबीच गुगलले भारतमा प्रयोगकर्ताको अनलाइन सुरक्षाका लागि नयाँ पहल सुरु गरेको छ ।

गुगलले अनलाइनमा हुनसक्ने फ्रडलाई कम गर्न भारतमा बोलिने विभिन्न भाषामा डिजिटल सचेतनाका कार्यक्रम अघि बढाएको छ । त्यसका लागि गुगलले मेटी र डिजिटल इन्डियासँग सहकार्य गरेको छ ।

यसबाट प्रयोगकर्तालाई सुरक्षाका सामान्य मापदण्ड पालना गर्न प्रोत्साहन पुग्ने अपेक्षा लिइएकाे छ । यसका लागि विभिन्न वेबसाइट, एसएमएस, एटीएम बुथहरूमा अनलाइन सुरक्षाबारे जानकारी दिइने छ ।

साथै गुगलले ‘प्रोटेक्टिङ चिल्ड्रेन डट गुगल’ वेबसाइटसमेत सार्वजनिक गरेको छ ।

यो वेबसाइटमा बंगाली, हिन्दी र तमिलमा सामग्री उपलब्ध गराइएको छ । भने, वृद्धवृद्धालाई लक्षित गर्दै अनलाइन सुरक्षासँग सम्बन्धित तालिम पनि प्रदान गरिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३