close

बुबाको मुख हेर्ने दिन डिजिटल भुक्तानी गर्दा सानिमाले २० प्रतिशतसम्म छुट दिने

टेकपाना टेकपाना

भदौ १०, २०७९ १६:५१

बुबाको मुख हेर्ने दिन डिजिटल भुक्तानी गर्दा सानिमाले २० प्रतिशतसम्म छुट दिने

काठमाडौं । सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा आफ्ना ग्राहकलाई विशेष छुट दिने भएको छ । र्‍याडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट, बाजेको केक, ओनेक्स ट्रेडिङ (द बाइक फार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा यस्तो छुट पाउन सकिनेछ । 

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी साझेदार मर्चेन्टहरुमा भुक्तानी गर्दा ग्राहकले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी कुनै पनि मर्चेन्टमा सानिमा मोबाइल बैंकिङबाट क्यूआर कोड बाट भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ भाद्र ११ गतेका लागि मात्र लागू हुनेछ । सानिमा बैंकको क्रेडिट कार्डका लागि बैंकको वेबसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३