close

गुगल म्याप्सबाट यसरी शेयर गर्नुहोस् आफ्नो लोकेसन

टेकपाना टेकपाना

भदौ ११, २०७९ १९:१२

गुगल म्याप्सबाट यसरी शेयर गर्नुहोस् आफ्नो लोकेसन

काठमाडौं । गुगल म्याप्सबाट आफू कहाँ छु अथवा कहाँ जादैछु भन्ने जानकारी शेयर गर्न सकिन्छ ।

यो लोकेसन शेयरिङ फिचर प्रयोग गरेपछि लोकेसन शेयर गरेको मान्छे कहाँ आइपुग्यो र ठाउँमा आइपुग्यो या पुगेन भन्ने विषयमा म्याप्सले ‘अलर्ट’ नोटिफिकेसन पनि दिन्छ ।

साथै सो व्यक्ति कति समयमा आइपुग्छ लगायतका विवरण पनि हेर्न सकिन्छ ।

यो फिचर विशेषगरी नयाँ ठाउँमा जाने व्यक्तिहरू तथा एक्लै हिँडेका बालबालिकाका लागि उपयोगी हुनसक्ने कम्पनीको विश्वास छ ।

कसरी प्रयाेग गर्ने याे फिचर ?

– आफ्नो आईफोन अथवा एन्ड्रोइड फोनमा गुगल म्याप्स ओपन गर्नुहोस् ।

– स्क्रिनको दाहिनेतिर सबैभन्दा माथि भएको आफ्नो प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।

– स्क्रिनमा देखिने लोकेसन शेयरिङ अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि ‘शेयर योर रियल टाइम लोकेसन’ लेखिएको बक्समा उपलब्ध व्यक्तिमध्ये आफूले लोकेसन पठाउन चाहेको व्यक्तिको नाममा क्लिक गर्नुहोस् ।

– यसपछि शेयर बटनमा क्लिक गर्नुहोस् ।

यसरी मेसेजमार्फत आफ्नो लोकेसन शेयर गर्न चाहेको व्यक्तिलाई आफ्नो रियल टाइम लोकेसनबारे जानकारी दिन सकिन्छ ।

लोकेसन प्राप्त गर्ने व्यक्तिले भने प्राप्त लिंकमा क्लिक गरेर लोकेसन शेयर गर्ने मानिस कहाँ पुग्यो अथवा कहाँ छ भनेर सहजै थाहा पाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३