close

सीप सिक्न उपयोगी १० युट्युब च्यानल

टेकपाना टेकपाना

भदौ १३, २०७९ १७:३७

सीप सिक्न उपयोगी १० युट्युब च्यानल

काठमाडौं । प्रविधिको दुनियाँमा सीप सिक्न चाहनेका लागि कुनै अप्ठ्यारो छैन । तपाईँसँग इच्छामात्रै हुने हो भने युट्युबबाटै ज्ञान लिन सकिन्छ ।

यसका लागि केही उपयाेगी च्यानलहरू फलो गरे पुग्छ । आज हामी तपाईँलाई प्रविधिसँग सम्बन्धित सीप विकासमा मद्दत गर्ने १० ओटा युट्युब च्यानलबारे बताउँदै छाैँ ।

क्रयाशकाेर्ष

क्र्याशकोर्ष एउटा त्यस्तो युट्युब च्यानल हो, जसमार्फत विभिन्न किसिमका ज्ञान दिइन्छ ।

यो च्यानलले विशेषगरी विश्व इतिहास र जीव विज्ञानसम्बन्धी शिक्षा दिने गरेकाेमा हाल विभिन्न शिक्षकहरूलाई संलग्न गराएर रसायनशास्त्र, साहित्य, चलचित्र, मनाेविज्ञान, समाजशास्त्र, भाैतिक विज्ञानजस्ता विषयसम्बन्धी पनि ज्ञान दिइन्छ ।

यस च्यानलमा विशेषगरी दैनिक जीवनमा उपयोगी कुराहरू सिक्न सकिन्छ ।

विभिन्न विषयको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान पाउनका लागि तपाईँले क्याशकोर्षका विभिन्न भिडिओ हेर्न सक्नुहुन्छ ।

वाईकम्बिनेटर

वाई कम्बिनेटर विशेषगरी स्टार्टअप गर्न चाहनेहरूका लागि उपयुक्त युट्युब च्यानल हो । कुनै पनि स्टार्टअप सुरु गर्ने योजना बनाइरहनु भएको छ भने यस च्यानलको सहयोग लिन सक्नुहुन्छ ।

आफूले सञ्चालन गरेका स्टार्टअप सफल भएका उद्यमीहरूले यस च्यानलमा आफ्ना भोगाइ, बुझाइ र अनुभव बाँडेका हुन्छन् ।

नयाँ उद्यमीहरूलाई प्रेरणा दिन र उनीहरूका विचारलाई वास्तविक जीवनमा ल्याउनका लागि यो च्यानलले सहयोग गर्छ ।

स्किल शेयर

स्किल शेयर विशेषगरी नयाँ सीप सिक्न चाहनेहरूका लागि उपयुक्त हुन्छ ।

कुनै पनि व्यवसाय गर्नेहरूका लागि कसैलाई ईमेल लेख्न वा त्यस्तै विभिन्न काम सिक्नेहरूले यस च्यानलको सहयोग लिन सक्छन् ।

ग्राफिक्स डिजाइन, विभिन्न उपयोगी साइटको सीपहरू सिक्नका लागि यो साइट उपयुक्त छ ।  

कर्जगेसाग्ट इन  नटशेल

कर्जगेसाग्ट इन-नटशेल मानिसहरूलाई विज्ञानसँग सम्बन्धित विभिन्न कुराको जानकारी दिने गर्छ ।

यस च्यानलले साइन्स फिक्सन फिल्ममा परिकल्पना गरेजस्तो वैज्ञानिक कुराको परिकल्पना गरी एनिमेसन तथा भिडिओका माध्यमबाट देखाउने गर्छ ।

यसबाट हामी पृथ्वीमा आएका वातावरणिक समस्या कसरी समाधान गर्न सक्छौँ वा अन्य विविध समस्या कसरी समस्या समाधान गर्ने सकिन्छ भन्ने कुरा यस च्यानलबाट हेर्न सकिन्छ ।

मार्क रोबर

मार्क बी रोबरले सञ्चालन गरेको मार्क रोबर युट्युब च्यानलमा विशेषगरी विज्ञानसँग सम्बन्धित भिडिओहरू रहेका छन् । मार्क रोबर नासा र एप्पलका भूतपूर्व इन्जिनियर हुन् ।

उनले विभिन्न मानिसहरूका प्रश्नलाई सम्बोधन गरी भिडिओ निर्माण गर्ने गर्छन् । विज्ञानमा रुचि राख्ने हरेकका लागि यस च्यानलका भिडिओले नयाँ कुरा सिक्न सघाउन सक्छन् ।

भेरिट्यासियम

भेरिट्यासियम एउटा त्यस्तो युट्युब च्यानल हो, जो विज्ञान तथा इन्जिनियरिङसँग सम्बन्धित छ ।

यसमा विशेषगरी विभिन्न वैज्ञानिक परीक्षण, विज्ञहरूका अन्तर्वार्ता, डेमोहरू र मानिसहरूसँग विज्ञानका विषयमा भएका छलफल हेर्न सकिन्छ ।

बिग थिङ्क

अन्य च्यानल जस्तै बिग थिङ्क पनि विज्ञान तथा वैज्ञानिक परीक्षणसँग सम्बन्धित च्यानल हो । विज्ञान तथा प्रविधिसँग जोडिएका विभिन्न घटना यस च्यानलमा समावेश गरिएको हुन्छ ।

विज्ञानसम्बन्धी मानिसहरूमा भएका कुनै पनि भ्रमलाई यस च्यानलले प्रस्ट बुझाउन सहयोग गर्छ ।

टीईडी-ईडी

टिईडी-ईडी एउटा त्यस्तो च्यानल हो जुन शैक्षिक ज्ञान दिनका लागि समर्पित छ ।

यसमा विशेषगरी विश्वभरका विविध विषयहरू समेटिने गर्छन् । कुनै पनि दैनिक जीवनमा काम लाग्ने वा हामीले खोजिरहेका विविध प्रश्नका उत्तर पाउन यो च्यानल उपयुक्त हुनसक्छ ।

म्याट डी एभेल्ला

हाम्रो दैनिकीलाई कसरी सिस्टम्याटिक बनाउने वा कसरी उपलब्धिमूलक बनाउने भन्ने कुराको ज्ञान म्याट डी एभेल्लाको युट्युब च्यानलबाट पाउन सकिन्छ ।

दैनिक जीवनमा आइपर्ने स-साना समस्याबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने कुरा म्याटका भिडिओबाट बुझ्न सकिन्छ ।

आफूलाई हरेक काममा अग्रसर राख्न र जीवन उपलब्धिमूलक काम गर्नका लागि तपाईंले यस च्यानलको सहयोग लिन सक्नुहुन्छ ।

प्राक्टिकल इन्जिनियरिङ

प्राक्टिकल इन्जिनियरिङ एउटा त्यस्तो च्यानल हो, जसले इन्जिनियरिङका विभिन्न सैद्धान्तिक कुरालाई व्यवहारिक तरिकाले प्रस्तुत गर्ने गर्छ ।

यसमा उपलब्ध हुने भिडिओका उत्पादक, कन्टेन्ट राइटर, निर्माता र निर्देशक सिभिल इन्जिनियर रहेका छन् । इन्जिनियरिङ सम्बन्धी विभिन्न ज्ञान लिनका लागि यो च्यानल उपयुक्त हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३