close

नेपाली विद्यार्थी सम्मिलित ह्वावेको ‘सिड्स फर फ्युचर’ कार्यक्रम सम्पन्न

टेकपाना टेकपाना

भदौ १४, २०७९ ९:५०

नेपाली विद्यार्थी सम्मिलित ह्वावेको ‘सिड्स फर फ्युचर’ कार्यक्रम सम्पन्न

काठमाडौं । ह्वावेकाे आयोजनामा ‘एसिया प्यासिफिक सिड्स फर फ्युचर २०२२’ सम्पन्न भएकाे छ ।

आसियन फाउन्डेसन तथा टुरिजम अथोरोटी अफ थाइल्याण्ड (टीएटी) को सहकार्यमा बैंककमा यही अगस्ट १९ देखि २७ तारिखसम्म आयोजना भएको कार्यक्रममा एसिया प्रसान्तका १६ देशबाट १२० विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले नयाँ प्रविधि, अन्तरसंस्कृतिको अनुभव आदानप्रदान तथा समाजमा देखिएका समस्याको समाधानका लागि प्रविधि विकासकाे काम गरेकाे ह्वावेले जनाएकाे छ ।

कुल सहभागी विद्यार्थीमध्ये ५६ जना छात्रा रहेका थिए । कार्यक्रममा नेपालका सात विद्यार्थी सहभागी भएका थिए ।

यसअन्तर्गत काठमाडौं विश्वविद्यालयमा अध्यनरत निर्माण खड्का र प्रज्ञा मल्लिक, त्रिवि इन्जिनियरिङ संस्थान पुल्चाेकका रिया वैद्य र नदिका पौडेल, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल, खोपा इन्जिनियरिङ कलेजका जितिन भुसाल र अमृत साइन्स क्याम्पसका अजु तामाङले कार्यक्रममा सहभागिता जनाएका थिए ।

ह्वावेले ‘सिड्स फर फ्युचर’ कार्यक्रम सन् २००८ देखि गर्दै आएको छ । तर, एसियालाई लक्षित गर्दै आयोजना भएको यो नै पहिलो कार्यक्रम हो ।

कार्यक्रमको सुरुवातमा थाइल्याण्डका विभिन्न सरकारी निकाय र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिले आफ्नो धारणा राखेका थिए ।

साे अवसरमा उनीहरुले यसरी विद्यार्थीका लागि संयुक्त रुपमा आयोजना हुने कार्यक्रमले डिजिटल प्रतिभा उत्पादन गर्न सघाउ पुग्ने विचार राखे ।

कार्यक्रममा बोल्दै थाइल्याण्डका उपप्रधानमन्त्री तथा वाणिज्यमन्त्री जुरिन लक्सनाविस्टले एसियाका उत्कृष्ट विद्यार्थीलाई एकै ठाउँमा ल्याएर थाइल्याण्डमा कार्यक्रम हुनु नै एउटा ठूलो उपलब्धि भएको बताए ।

‘यसका लागि म ह्वावेलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘हालको अवस्थामा सरकारी र निजी क्षेत्र आईसीटीको विस्तारका लागि काम गरिरहेको छ । यस्तोमा ह्वावेजस्तो विश्वस्तरीय कम्पनीले देखाएको यस्तो अग्रसरताले देशको डिजिटल विकास निर्माणमा निकै ठूलो मद्दत पुग्नेछ ।’

आसियानका महासचिव डाटो लिम जक होइले डिजिटल ट्यालेन्ट डिजिटल एसिया निर्माणका लागि निकै महत्त्वपूर्ण हुने बताए ।

‘डिजिटल रुपान्तरणमा निजी क्षेत्रले निकै ठूलो भूमिका निर्वाह गर्नसक्छ भन्ने उदाहरण यो एउटा कार्यक्रम हो,’ उनले भने, यसका लागि ह्वावेलाई धन्यवाद दिन चाहन्छु । ह्वावेसँगको यो सहकार्यले भोलिका दिनमा डिजिटल उद्योगका लागि आवश्यक पर्ने दक्ष युवा उत्पादनमा समेत मद्दत पुग्नेछ ।’

त्यस्तै आसियन फाउन्डेसनका कार्यकारी निर्देशक याङ मी इङले एसिया क्षेत्रमा बढ्दो डिजिटल अर्थतन्त्रमा युवाको सहभागिता महत्त्वपूर्ण रहेको बताइन ।

‘विशेषगरी डिजिटल क्षेत्रमा रुचि राख्ने र समस्याको समाधान खोज्न उत्कृष्ट युवाको ठूलो भूमिका रहेको छ,’ उनले भने, ‘यस क्षेत्रका साझेदार कम्पनीले युवा पुस्ताको सोचअनुसार डिजिटल पूर्वाधारमा सोही अनुरुपमा काम गरिरहेका छन् ।’

‘यो सिड्स फर फ्युचरले आशा र भविष्यलाई प्रतिनिधित्व गर्छ’, कार्यक्रममा बोल्दै ह्वावे एसिया प्रसान्तका अध्यक्ष सिमोन लिनले भने, ‘कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्तको यो कार्यक्रमले लामो इतिहास बनाइसकेको छ । यो कार्यक्रमले १४० देशका १२ हजारभन्दा बढी विद्यार्थी र ५०० भन्दा बढी विश्वविद्यालयलाई जोड्न सफल भएको छ ।’

कार्यक्रममा बोल्दै बंगलादेशका शिक्षामन्त्री दिपु मोनीले महिला विद्यार्थीको समान सहभागिताले कार्यक्रमको महत्त्वलाई अझ बढी प्रभावकारी बनाएको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३