close

२१० वाटको फास्ट चार्जर ल्याउँदै साओमी

टेकपाना टेकपाना

भदौ १४, २०७९ १५:६

२१० वाटको फास्ट चार्जर ल्याउँदै साओमी

काठमाडौं । स्मार्टफोन निर्माता साओमीले २१० वाट क्षमताकाे फास्ट चार्जर ल्याउने भएकाे छ । हालै कम्पनीले याे अल्ट्रा फास्ट चार्जिङ प्रविधिका लागि चिनियाँ प्रमाणीकरणबाट स्वीकृति पाएकाे हाे ।

साओमीले यसअघि २०० वाटको फास्ट चार्जर ल्याइसकेको छ, जसले ‘मि ११ प्रो’ स्मार्टफाेनको ब्याट्रीलाई ८ मिनेटमा फुल चार्ज गर्नसक्ने बताइएकाे छ ।

तर, साओमीले सोही चार्जरका लागि उपयुक्त हुने स्मार्टफोन व्यापारिक प्रयोजनका लागि बजारमा ल्याएको छैन । यद्यपि साओमी त्यस्तो चार्जरमा काम गरिरहेको छ, जसले फोन अझ कम समयमा चार्ज गर्नसक्छ ।

साओमीले २१० वाटको एमडीवाई-१२-ईयू (MDY-13-EU) चार्जको प्रमाणीकरण पाएकाे हाे । हालसम्म यस चार्जरले पाएको प्रमाणीकरण बाहेक मुख्य विशेषताबारे जानकारी बाहिर आएको छैन ।

यसले कसरी स्मार्टफोनलाई कम समयमा चार्ज गर्छ, कुन स्मार्टफोनमा यो चार्जर आउँछ भन्ने कुरा गोप्य नै राखिएकाे छ ।

फास्ट चार्जरको मामलामा साओमीमात्र अघि छैन ।

‘आईकू १० प्रो’ स्मार्टफोनमा उपलब्ध हुने २०० वाटको फास्ट चार्जर बजारमा आइसकेको छ । यस चार्जरबाट ४७०० एमएएच क्षमताको ब्याट्री पूर्णरूपमा चार्ज हुन १० मिनेट लाग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३