close

वारेन बफेटले बेचे बीवाईडीको शेयर

टेकपाना टेकपाना

भदौ १५, २०७९ १२:४६

वारेन बफेटले बेचे बीवाईडीको शेयर

काठमाडौं । विश्वका धनाढ्य तथा वर्कसायर ह्याथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन बफेटले चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीको शेयर बिक्री गरेका छन् ।

बीवाईडी विश्वको ठूलो विद्युतीय कार निर्माता कम्पनी हो । सन् २००८ देखि बीवाईडीमा बफेटको कम्पनी ह्याथवेकाे लगानी छ ।

ह्याथवेले बीवाईडीको शेयर बिक्री गर्ने विषय विगत डेढ महिनादेखि चलिरहेको थियो । यस्तोमा कम्पनीले हंकङ स्टक एक्सचेन्जमा सूचीकृत १३ लाख ३० हजार कित्ता शेयर ४७ मिलियन डलर अर्थात् करिब ६ अर्ब रुपैयाँमा बिक्री गरेको छ ।

कम्पनीले बिक्री गरेको यो शेयर संख्या बीवाईडीमा रहेको ह्याथवेको एक प्रतिशत शेयर पनि हुँदैन । बीवाईडीमा ह्याथवेको २०.४९ प्रतिशत शेयर रहेकोमा बिक्रीपछि १९.९२ प्रतिशत बाँकी रहेको छ ।

सन् २००८ मा ह्याथवेले बीवाईडीको २२५ मिलियन डलर मूल्यकाे शेयर खरिद गरेको थियो । कम्पनीले पहिलाे पटक आफ्नो शेयर बिक्री गरेसँगै बजारमा बीवाईडीको शेयर मूल्य करिब १२ प्रतिशतले घटेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३