close

सामसङ मोबाइल किन्दा हरेक दिन ६५ इन्चको टिभी र बम्पर उपहारमा कार जित्ने अवसर

टेकपाना टेकपाना

भदौ १५, २०७९ १३:२६

सामसङ मोबाइल किन्दा हरेक दिन ६५ इन्चको टिभी र बम्पर उपहारमा कार जित्ने अवसर

काठमाडौं । सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार’ अफर ल्याएको छ ।

मंगलबारदेखि लागू भएको यो अफर असोज १४ गतेसम्म सञ्चालन हुनेछ । सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् ।

योजनामा सहभागी बन्नका लागि ग्राहकले माेबाइलकाे इनबक्समा गई Samsung टाइप गरी एक स्पेस दिएर खरिद गरेको डिभाइसको सिरियल नं. टाइप गरी ३५००१ मा एसएमएस पठाउनु पर्नेछ ।

यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार जित्न सक्नेछन् ।

यस अफरको बारेमा जानकारी दिंदै सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, “आफ्नो मनपर्ने सामसङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् ।”

यस योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा ई–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्टफोन वा ट्याबलेटमध्ये कुनै एक खरिद गरेकै हुनुपर्ने उनले बताए ।

एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिनेछ र गोला प्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा सञ्चालन गरिनेछ र गोला प्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिनेछ । विजयी सिरियल नम्बरहरु सोही दिन फेसबुक पेजमा पोस्ट गरिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३