close

जेबीएलको वायरलेस इयरबड सार्वजनिक

टेकपाना टेकपाना

भदौ १५, २०७९ १४:३२

जेबीएलको वायरलेस इयरबड सार्वजनिक

काठमाडौं । जेबीएलले पहिलाे पटक टच डिस्प्ले र स्मार्ट चार्जिङ केससहितका वायरलेस इयरबड ल्याएकाे छ । हालै कम्पनीले ‘टुर प्रो २’ माेडलकाे वायरलेस इयरबड सार्वजनिक गरेको हाे ।

जेबीएलका साउन्ड स्पिकर धेरै बिक्री हुने प्रडक्ट हुन् । यस्तोमा कम्पनीले गत वर्षदेखि ग्राहकलाई आफ्नो साउण्ड सिस्टममा आधारित इयरबड समेत उपलब्ध गराउन थालेको छ ।

सोही अन्तर्गत कम्पनीले नयाँ भर्सनको इयरबड ‘टुर प्रो २’ सार्वजनिक गरेको हो । न्वाइज क्यान्सिलेसन फिचरसहित सार्वजनिक भएकाे याे इयरबडको चार्जिङ बक्समा १.४५ इन्चको एलईडी टचस्क्रिन उपलब्ध छ ।

इयरबडको चार्जिङ बक्समा रहेको टचस्क्रिन डिप्लेमार्फत गीत परिवर्तन गर्न, कल रिसिभ गर्न, मेसेज पढ्न, सामाजिक सञ्जालमा आएको नोटिफिकेसनबारे जानकारी लिन सकिने जनाइएको छ ।

ब्लुटुथ ५.३ सपोर्ट गर्ने इयरबड लगातार गीत सुन्दा ४० घण्टासम्म चल्ने दाबी कम्पनीको छ । त्यसमा इयरबडले मात्रै एक पटकको फुल चार्जमा १० घण्टा धान्नेछ ।

यसअघि कम्पनीले सार्वजनिक गरेको ‘टुर प्रो प्लस’को तुलनामा ब्याट्री क्षमता भने थप भएको छ । ‘टुर प्रो प्लस’ बढीमा ३० घण्टासम्म मात्रै चल्ने बताइएको थियो ।

इयरबडका साथै कम्पनीले टुर वान एम२ वायरलेस हेडफोन समेत सार्वजनिक गरेको छ ।

कम्पनीले जेबीएल टुर वानको सफलतालाई आत्मासात् गर्दै त्यसको परिष्कृत भर्सन सार्वजनिक गरेको बताएको छ ।

यी वायरलेस हेडफोन एक पटकको चार्जमा ५० घण्टासम्म चल्ने कम्पनीकाे दाबी छ । कम्पनीले यी प्रडक्ट सार्वजनिक गरेको भएपनि बजारमा भने सन् २०२३ को जनवरीबाट मात्रै उपलब्ध हुने जनाइएको छ ।

‘टुर प्रो २’ इयरबडको मूल्य २४९ डलर र ‘टुर वान एम२’ हेडफोनको मूल्य २९९ डलर तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३