close

झापाको बिर्तामोडमा साओमीको आधिकारिक सर्भिस सेन्टर

टेकपाना टेकपाना

भदौ १५, २०७९ १८:२३

झापाको बिर्तामोडमा साओमीको आधिकारिक सर्भिस सेन्टर

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपालमा १७औं आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले झापाको बिर्तामोडमा बुधबारदेखि उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

ग्राहकले सहज रुपमा आफूले चाहेअनुसारको उत्पादन खरिद गर्न सकुन् भन्ने उद्देश्यका साथ कम्पनीले देशका विभिन्न स्थानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

सर्भिस सेन्टरमार्फत गुणस्तरीय उत्पादनका साथै, बिक्रीपछिकाे सेवासमेत सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३