close

क्रिप्टोकरेन्सी र हाइपर फन्डमा कारोबार नगर्न एनसीएचएलको अनुरोध

टेकपाना टेकपाना

भदौ १६, २०७९ १८:५७

क्रिप्टोकरेन्सी र हाइपर फन्डमा कारोबार नगर्न एनसीएचएलको अनुरोध

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले क्रिप्टोकरेन्सी, हाइपर फन्ड, नेटवर्क मार्केटिङ लगायतमा कारोबार एवं व्यवसाय नगर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै एनसीएचएलले नेपालभित्र र बाहिर बसोबास गर्ने सबै नागरिकलाई यस्तो गैरकानूनी कार्यमा संलग्न नहुन अनुरोध गरेको हो ।


“नेपाल राष्ट बैंकद्धारा समय समयमा जानकारी गराए अनुसार क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हापर फन्ड र नेटवर्क मार्केटिङ लगायतका कारोबार व्यवसाय गैरकानूनी रहेका हुनाले र नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकहरूले यस्ता कार्यमा कारोबार गर्न नहुने र गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबोही हुने भएकाले उक्त कार्य नगर्नका लागि जानकारी गराउँदछों,” सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३