close

साओमीको दशैं अफर, स्मार्टफोन किन्दा इयरबडदेखि टेलिभिजनसम्म जित्ने अवसर

टेकपाना टेकपाना

भदौ १६, २०७९ १९:१७

साओमीको दशैं अफर, स्मार्टफोन किन्दा इयरबडदेखि टेलिभिजनसम्म जित्ने अवसर

काठमाडौं । चिनियाँ ब्राण्ड साओमी नेपालीहरुको चाड दशैंलाई लक्षित गर्दै ‘दश mi’ नामक अफर सार्वजनिक गरेको छ ।

यसअन्तर्गत साओमी फोन किन्ने प्रयोगकर्ताले लक्की ड्रमार्फत विभिन्न उपहार जित्न सक्नेछन् ।

एक महिनासम्म चल्ने यो अभियानमा एक भाग्यशाली विजेताले साओमीको ६५ इन्चको टिभी, चार जनाले ४३ इन्चको टिभी र दैनिक १० जना ग्राहकले बड थ्री लाइट, मोसन नाइट लाइट र नेकब्यान्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

ई-कमर्स प्लेटफर्म दराज र सस्तो डिलमा समेत लागू हुने याे अफर असोज १४ गतेसम्म सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३