close

फोनपेलाई भिसाको ‘एक्सिलेन्स ईन फिनटेक इनोभेसन’ अवार्ड

टेकपाना टेकपाना

भदौ १७, २०७९ १८:१२

फोनपेलाई भिसाको ‘एक्सिलेन्स ईन फिनटेक इनोभेसन’ अवार्ड

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड भिसाको ‘एक्सिलेन्स इन फिनटेक इनोभेसन २०२२’ अवार्डबाट सम्मानित भएको छ ।

भिसा लिडरशिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिने अन्य कम्पनीहरुलाई पनि सम्मान गरिएको थियो ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ ।

साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म सात लाखभन्दा बढी मर्चेन्ट रहेका छन् ।

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा दिँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३