close

सिंगापुरमा बग बाउन्टी सम्मेलन गर्दै गुगल र फेसबुक, नेपालबाट ७ इथिकल ह्याकर सहभागी हुने

टेकपाना टेकपाना

भदौ १९, २०७९ ८:४२

सिंगापुरमा बग बाउन्टी सम्मेलन गर्दै गुगल र फेसबुक, नेपालबाट ७ इथिकल ह्याकर सहभागी हुने

काठमाडौं । गुगल र फेसबुकको आयोजनामा सिंगापुरमा बग बाउन्टी सम्मेलन ‘बाउन्टी कन सिंगापुर २०२२’ हुने भएको छ ।

यही सेप्टेम्बर २४ र २५ तारिखमा हुने सम्मेलनमा एसियाका प्रतिष्ठित साइबर सुरक्षा अनुसन्धानकर्मी एवं इथिकल ह्याकरहरु सहभागी हुने भएका छन् ।

बग बाउन्टी हन्टरहरुलाई प्रवर्द्धन गर्ने उदेश्ससहित यो वर्ष पनि यस्ताे कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा फेसबुक र गुगलको प्लेटफर्ममा सुरक्षा कमजोरी पत्ता लगाउँदै आएका एसियाली क्षेत्रका सुरक्षा अनुसन्धानकर्मी र क्याच द फ्ल्याग (कम्प्युटर सेक्युरिटी कम्पिटिशन) बाट छनोट भएका भएका इथिकल ह्याकरहरु सहभागी हुनेछन् ।

कार्यक्रममा सहभागीहरुबीच विभिन्न विषयमा अन्तर्क्रियाका साथै लाइभ ह्याकिङ समेत हुनेछ ।

लाइभ ह्याकिङका क्रममा सुरक्षा कमजोरी पत्ता लगाउनेलाई गुगल र फेसबुकले कार्यक्रमकै दौरान बाउन्टी अवार्ड प्रदान गर्ने बताइएकाे छ ।

कार्यक्रममा नेपालबाट सात जना सहभागी हुने तय भएको छ । गुगल र फेसबुकले नै सहभागीकाे एयरलाइन्स, हाेटल र अन्य सबै खर्च गर्नेछन् ।

यसअन्तर्गत गुगलको प्लेटफर्मबाट सुरक्षा अनुसन्धान गर्दै आएका नरेश लामगादे, फेसबुक (मेटा)को प्लेटफर्ममा बग पत्ता लगाउँदै आएका सौगात पोखरेल, समिप अर्याल, मनोज गौतम र रिकेश बानियाँ सहभागी हुँदैछन् ।

त्यस्तै सीटीएफ कम्पिटिशनबाट छनोट भएका आयुष श्रेष्ठ र मधुसुधन आचार्य पनि कार्यक्रममा सहभागी हुनेछन् ।

“यो कार्यक्रमबाट साइबर सुरक्षा क्षेत्रमा करियर बनाइरहेका नेपाली युवाले थप प्रोत्साहन पाउने र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिभा देखाउनसक्ने छन्,” सम्मेलनमा सहभागी हुन लागेका साइबर सुरक्षा अनुसन्धानकर्मी एवं बग बाउन्टी प्लेटफर्म बगभीका संस्थापक नरेश लामगादेले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३