close

गुगल ड्राइभबाटै फोटो तथा कागजात स्क्यान गर्ने र फाइल शेयर गर्ने तरिका

टेकपाना टेकपाना

भदौ १९, २०७९ १४:२४

गुगल ड्राइभबाटै फोटो तथा कागजात स्क्यान गर्ने र फाइल शेयर गर्ने तरिका

काठमाडौं । गुगलको गुगल ड्राइभ सेवा विश्वभर निकै नै लोकप्रिय छ । यसमा हुने स्टोरेज, फोटो स्क्यानर जस्ता सुविधाले कतिपयको दैनिकी नै सहज बनाइदिएको छ ।

गुगल ड्राइभलाई सामान्यतः फाइल तथा डेटा भण्डारणका लागि बुझे पनि यसमा अनेकौँ फिचरहरू समावेश छन् । आज हामी यसमा भएका विविध फिचरका बारेमा चर्चा गर्दै छौँ ।

गुगल ड्राइभका माध्यमबाट फोटो तथा डकुमेन्ट स्क्यान गर्ने, फाइल शेयर गर्ने, ड्राइभमा भएका फाइल अन्य एप्लिकेसनमा खोल्ने जस्ता कामका गर्न सकिन्छ । आज हामी तपाईँलाई यसमा भएका विविध फिचरहरूको विषयमा जानकारी दिँदै छौँ ।

१. फोटो तथा डकुमेन्ट स्क्यान गर्न

गुगल ड्राइभको यो फिचरको माध्यमबाट पुराना फोटो वा कागजात स्क्यान गर्न सकिन्छ । विभिन्न थर्ड पार्टी एप्लिकेसनबाट डकुमेन्ट स्क्यान गर्दा त्यसमा वाटरमार्क आउने, डेटा बढी खपत हुने तथा फोनको स्टोरेज खपत बढाउने भएकाले यी सबैको विकल्पमा गुगल ड्राइभ प्रयोग गर्न सकिन्छ ।

गुगल ड्राइभ तपाईँको एन्ड्रोइड फोनमा पहिले नै इन्स्टल भएर आउने भएकाले र सुरक्षाका हिसाबले कम जोखिमपूर्ण हुन्छ । यसबाट स्क्यान गरिएको डकुमेन्ट ड्राइभमा सेभ गर्न समेत निकै सहज लाग्छ । गुगल ड्राइभलाई स्क्यानरका रूपमा प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिला आफ्नो मोबाइलमा गुगल ड्राइभ खोल्नुहोस् ।
  • त्यसपछि होम पेजको तलपट्टि रहेको प्लस (+) आइकनमा थिच्नुहोस् ।
  • अब स्क्यानको विकल्प छान्नुहोस् ।
  • यदि तपाईँलाई क्यामेराको अनुमति मागेको छ भने त्यहीँबाट इनेबल गर्नुहोस् ।

त्यसरी पहिल्यै भएको वा नयाँ खिच्न लागेको फोटोलाई सजिलै स्क्यान गर्न सकिन्छ ।

२. गुगल ड्राइभ मार्फत् फाइल शेयर गर्न

आफूसँग भएका कुनै पनि डकुमेन्ट, फाइल तथा फोटो शेयर गर्ने सबैभन्दा उपयुक्त विकल्प हो गुगल ड्राइभ । यसबाट आफूले चाहेको कुनै पनि फाइल शेयर गर्न सक्नुहुन्छ । गुगल ड्राइभ मार्फत फाइलहरू शेयर गर्न तलको प्रक्रिया अपनाउनु होस् ।

  • सबैभन्दा पहिला गुगल ड्राइभ खोल्नुहोस् ।
  • त्यसपछि होम पेजमा रहेको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि अपलोडमा ट्याप गरेर आफूले पठाउन चाहेको फाइल छान्नुहोस् ।
  • त्यसपछि फाइल अपलोड हुन थाल्छ । फाइल अपलोड भइसकेपछि फाइलको पछाडि तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि मेनेज एक्सेसमा जानुहोस् ।
  • अब जनरल एक्सेसको तल रहेको रेस्ट्रिक्टेड अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि पुनः रेस्ट्रिक्टेडमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि तल रहेको एनिवन विथ लिङ्कमा ट्याप गर्नुहोस् । त्यसको केही समयमा सेटिङ अपडेट हुन्छ ।
  • यति गरेपछि माथि दायाँपट्टि रहेको लिङ्कको आइकनमा ट्याप गरेर कपी गर्नुहोस् ।
  • त्यसपछि तपाईँले सो लिङ्क आफूले पठाउन चाहेको व्यक्तिलाई पठाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३