close

टिकटक बनाउने बहानामा पठाओ चालकको बाइक चोरी, तीन जना पक्राउ

टेकपाना टेकपाना

भदौ २१, २०७९ १२:१०

टिकटक बनाउने बहानामा पठाओ चालकको बाइक चोरी, तीन जना पक्राउ

काठमाडौं । टिकटक बनाउने बहानामा पठाओ चालकको मोटरसाइकल चोरी गर्ने समूह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा सिन्धुपालचोक घर भएका १८ वर्षीय निसान सापकोटा, ३२ वर्षीय ग्यारेज सञ्चालक रामचन्द्र रावल र ३२ वर्षीय पाटपुर्जा खरिदकर्ता पुस्कर काफ्ले रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले गएको साउनमा मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा यो समूह फेला परेको हो ।

यो समूहले बाइक चोरी गर्ने र चोरी गरेको बाइकको पाटपुर्जा अर्को बाइकमा राखी बाँकी भएका अन्य पाटपुर्जालाई कवाडीमा बेच्ने गरेको अनुसन्धानबाट खुलेकाे छ ।

मुख्य आरोपित निसान सापकोटाले पीडित पठाओ चालकसँग चिनजान गरी उनीलाई साथी बनाएका थिए ।

चिनजानबाट सम्बन्ध नजिकिन थालेपछि सापकोटाले उक्त पठाओ चालकको मोटरसाइकल टिकटक बनाउनको लागि भनेर मागि फरार भएका थिए ।

सो मोटरसाइकल लगी उनले त्यसरी नै पाटपुर्जा बिक्री गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी वृत बौद्ध पठाएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३