close

माइडिया ब्रान्डको नयाँ ब्रिजलेस इन्भर्टर एसी नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ २२, २०७९ १२:४५

माइडिया ब्रान्डको नयाँ ब्रिजलेस इन्भर्टर एसी नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा माइडिया ब्रान्डको नयाँ एसी (एयर कन्डिस्नर) सार्वजनिक भएको छ ।

एयर एक्सपर्ट नेपालले ब्रिजलेस प्रविधिमा आधारित माइडियाकाे एसी बजारमा ल्याएकाे हाे ।

आधुनिक प्रविधिहरुको संयोजन रहेको यो एसीले आवश्यकता अनुसार तातो चिसो हावा प्रवाह गर्नुका साथै अधिकतम बिजुली बचत लगायतका विशेषता रहेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार  याे एसीमा निरन्तर समानरूपमा हावा प्रवाह हुने र ८० प्रतिशतसम्म बिजुली खपत गर्ने लगायतका विशेषता छन् ।

कार्यालय, आवास तथा व्यावसायिक क्षेत्रका लागि याे एसी उपयुक्त रहेकाे कम्पनीकाे भनाइ छ । कम वा उच्च तापमान दुवै क्षेत्रमा यसले प्रभावकारी रुपमा कार्य गर्नसक्ने बताइएकाे छ ।

एसीमा सफ्ट, स्पिड र सराउन्ड गरि तीनओटा मोडहरू छन् । कम्पनीका अनुसार यो एसीले अन्य एसीले जस्तो आवाज निकाल्दैन ।

एसीमा थ्री डाइरेक्सन एयरफ्लो अर्थात् दायाँ, बाया र अगाडि तीनतिर नै हावा फाल्नसक्ने फिचर छ ।

नेपाली बजारमा याे एसीको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३