close

दशैंका लागि बसको अनलाइन टिकट बुकिङ असोज १ देखि खुल्दै

टेकपाना टेकपाना

भदौ २२, २०७९ १७:३

दशैंका लागि बसको अनलाइन टिकट बुकिङ असोज १ देखि खुल्दै

काठमाडौं । दशैँमा घर जाने टिकट अनलाइनबाटै लिन सकिने भएको छ । यसका लागि सम्बन्धित यातायात सेवा प्रदायकले असोज १ देखि अग्रिम बुकिङ खुलाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो ।

बैठकले सम्भव भएसम्म अनलाइनबाट टिकेट काट्ने गरी व्यवस्था मिलाउने यातायात व्यवसायीलाई आग्रह गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी एवं निर्देशक ईश्वरीदत्त पनेरुले टेकपानालाई जानकारी दिए ।

त्यस्तै अनलाइनमार्फत बुकिङ गर्ने यात्रुलाई छुट र सहुलियतसमेत उपलब्ध गराउन अनुरोध गरिएको उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३