close

जीवी एपको दशैं अफर, हरेक स्वास्थ्य सामग्री रू. ९९ मा किन्न सकिने

टेकपाना टेकपाना

भदौ २२, २०७९ २०:१७

जीवी एपको दशैं अफर, हरेक स्वास्थ्य सामग्री रू. ९९ मा किन्न सकिने

काठमाडौं । अनलाइन फार्मेसी एप जीवीले दशैंको अवसरमा रु. ९९ अफर ल्याएको छ । ‘बब्बाल दशैं सेल’ नाम दिइएको यो अफर भदौ २७ गतेदेखि असोज १३ सम्म चल्नेछ ।

यसअन्तर्गत ग्राहकले हरेक सामान ९९ रुपैयाँ खरिद गर्न सक्नेछन् । ग्राहकले घरमै बसेर जीवी एपमार्फत सयभन्दा बढी स्वास्थ्य सम्बन्धी ब्रान्डका एक हजारभन्दा बढी उत्पादन ९९ रुपैयाँमा नै खरिद गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

त्यसैगरी विभिन्न उपहारसहित विकेन्ड डिल्स, स्याटरडे कुपन, फ्रिबिजमध्ये एउटा किन्दा अर्को फ्रि, वन रुपी गेम, गिभअवे जस्ता अन्य अफर पनि छन् ।

सामान खरिद गरिसकेपछि गोला प्रथामार्फत पाँच हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका विभिन्न उपहार पनि जित्न सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३