close

टुजी र थ्रीजी सेवा बन्द गर्ने दक्षिण अफ्रिकाको घोषणा

टेकपाना टेकपाना

भदौ २३, २०७९ १०:१४

टुजी र थ्रीजी सेवा बन्द गर्ने दक्षिण अफ्रिकाको घोषणा

काठमाडौं । दक्षिण अफ्रिकाकाे सरकारले सन् २०२५ देखि टुजी र थ्रीजी पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको उक्त प्रस्ताव पारित गरेको हो ।

योसँगै दक्षिण अफ्रिकामा मोबाइल नेटवर्क टुजी र थ्रिजी पूर्णरुपमा बन्द हुनेछ । पछिल्लो समय मोबाइल ब्रोडब्याण्डमा फोरजी र फाइभजीको विस्तारसँगै त्यहाँकाे सरकारले यो खालको निर्णय लिएको हो ।

विश्वका धेरै देशमा टुजी सेवा बन्द भइसकेको छ भने, कतिपय देशले बन्द गर्ने तयारी गरिरहेका छन् । युरोपका कतिपय देशमा थ्रीजी सेवा समेत बन्द भइसकेको छ । यस्तोमा अफ्रिकाको यो निर्णय नयाँ भने होइन ।

देशमा फोरजी पहुँच ८० प्रतिशत जनसङ्ख्यामा पुगिसकेको अवस्थामा सरकारले अबको तीन वर्षभित्र टुजी र थ्रीजी सेवा बन्द गराएर अन्य नेटवर्कलाई विस्तार गर्ने योजना बनाएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३