close

ठूला प्रविधि कम्पनीलाई चीनमा लगानी गर्न अमेरिकाले लगायो रोक

टेकपाना टेकपाना

भदौ २३, २०७९ १३:६

ठूला प्रविधि कम्पनीलाई चीनमा लगानी गर्न अमेरिकाले लगायो रोक

काठमाडौं । अमेरिकी सरकारले आफ्नो देशमा स्थापना भएका प्रविधि कम्पनीलाई चीनमा लगानी गर्नबाट राेक लगाएकाे छ । सरकारी सहयोग प्राप्त गर्ने ‘एड्भान्स टेक्नाेलाेजी कम्पनीहरू’लाई १० वर्षसम्म चीनमा लगानी गर्न अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

जोय बाइडेन प्रशासनले अमेरिकाको संघीय कोषमार्फत सहयोग प्राप्त गर्ने कम्पनीहरूलाई चीनमा लगानी गर्न अथवा कुनै पनि सेवा सुविधा दिनबाट राेक लगाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यतिबेला विश्वमा सेमिकन्डक्टर (चिप) को माग सबैभन्दा उच्च छ । मागअनुसार चिप उत्पादन हुन नसक्दा यस क्षेत्रका उद्योग विगत दुई वर्षदेखि ठूलो मारमा पर्दै आएका छन् ।

त्यो हुँदा अमेरिकी सरकारले आफ्नै देशमा चिप उत्पादनका लागि ठूलो मात्रामा आर्थिक सहायता उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ ।

सरकारले स्थानीय सेमिकन्डक्टर उद्योग निर्माणका लागि भन्दै ५० अर्ब अमेरिकी डलर बराबरको कोष खडा गरेको छ । सोही कोषको निर्देशिकाले अमेरिकी प्रविधि कम्पनीलाई चीनमा लगानी गर्न रोक लगाएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३