close

१ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने

टेकपाना टेकपाना

भदौ २३, २०७९ १७:२९

१ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने

काठमाडौं । नेपालीहरुको महान् चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकका लागि एक बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालनमा ल्याएकाे छ ।

डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलर दाईबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएकाे छ ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख रूपैयाँ पनि जित्न सक्नेछन् ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका च्यानलहरु रमाइलो एचडी, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगायत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३