close

नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने पाँच जना पक्राउ

टेकपाना टेकपाना

भदौ २३, २०७९ १९:११

नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने पाँच जना पक्राउ

काठमाडौं । नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको नाममा ट्रायल दिएको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका-११ टाँडी ठेगाना भई काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-४ ठेगाना भएका काठमाडौं तीनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका-१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय इन्द्रबहादुर शाही, सिन्धुली दुधौली नगरपालिका-१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय राजकुमार श्रीमल रहेका छन् ।

उनीहरूलाई बिहीवार प्रहरीले भक्तपुर, मध्यपुर ठिमी नगरपलिका-५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरबाट नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

नक्कली नागरिकता, पासपोर्ट, प्रवेश पत्र, विभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित उनीहरूलाई पक्राउ गरिएकाे हाे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३