close

पब्जी बाहेक तपाईँलाई उपयुक्त हुन सक्छन् यी ५ अनलाइन गेम

टेकपाना टेकपाना

भदौ २४, २०७९ १५:३५

पब्जी बाहेक तपाईँलाई उपयुक्त हुन सक्छन् यी ५ अनलाइन गेम

काठमाडौं । ब्याटल रोयल गेमहरुमा पब्जी मोबाइल चर्चित गेम हो । यो गेम विशेषगरी वास्तविकतामा आधारित ग्राफिक्स र भिन्न गेम शैलीका लागि परिचित छ ।

दैनिक करोडौँ खेलाडीले विश्वभरबाट पब्जी खेल्छन् । तर कम र्‍याम तथा सस्ताे मूल्यका मोबाइलमा पब्जी खेल्ने चाहना पूरा नहुन सक्छ ।

यसबाहेक पब्जी खेलेर दिक्क भएकाहरू पब्जीजस्तै अन्य गेमको खोजीमा हुन सक्छन् ।

यदि तपाईँ पनि यीमध्ये पर्नुहुन्छ भने आज हामी पब्जीको केही विकल्पबारे बताउँदै छौँ ।

१. कल अफ ड्युटीः मोबाइल

कल अफ ड्युटी पब्जीको उपयुक्त विकल्पमध्ये एक हो । यो गेम केही वर्षपहिले मात्र स्मार्टफोनका लागि आएको हो । त्यसभन्दा पहिले कम्प्युटरका लागि मात्र उपलब्ध थियो ।

पब्जीजस्तै यस गेममा पनि १०० जना खेलाडी हुन्छन् र अन्तिमसम्म बाँच्ने खेलाडी गेमको विजेता हुन्छ ।

यो गेम विशेषगरी राम्रो ग्राफिक्स र एक्सन गेम प्लेको लागि चिनिन्छ ।

यस गेममा हेलिकप्टर पनि छ, जसले गर्दा गेम खेल्ने शैलीलाई झनै आक्रामक बनाउँछ । कल अफ ड्युटीको लागि कम्तीमा ३ जीबी र्‍याम र साढे २ जीबी मेमोरी चाहिन्छ ।

२. फ्री फायर

पब्जीको अर्को विकल्प भनेको फ्री फायर पनि हो । फ्री फायर विशेषगरी छिटो र आक्रामक गेम प्लेको लागि परिचित छ । यसमा ५० जना मात्र खेलाडी भएकाले गेम १५-२० मिनेटमा नै सकिन्छ ।

यसको म्याप पब्जीको भन्दा सानो छ । फ्री फायरको प्रमुख विशेषता भनेको गन स्किन अनि कस्टुम (कपडा) नै हो । यो गेम विशेषगरी कम स्पेक भएका स्मार्टफोनलाई निसानामा राखेर बनाइएको हो ।

यो गेमको लागि मोबाइलमा कम्तीमा २ जीबी र्‍याम र ५०० एमबी मेमोरी हुनुपर्छ ।

फ्री फायरको म्याक्स भर्जन फ्री फायर म्याक्सले भने अल बढी र्‍याम तथा मेमोरीको माग गर्छ ।

३. एपेक्स लेजेन्ड मोबाइल

एपेक्स लेजेन्ड मोबाइल पब्जी जस्तै ब्याटलरोयल गेम हो । तर यसको गेम प्ले शैली पब्जीको भन्दा फरक छ ।

यसमा खेलाडीले फरक-फरक पावर भएका क्यारेक्टर लिएर गेम खेल्न सक्छन् ।

यसमा अहिले ब्लड हउन्ट, लाइफलाइन, बङ्गालोर जस्ता क्यारेक्टर रहेका छन् । यो गेम काल्पनिक संसारमा आधारित छ । यसमा अहिले ‘वर्ल्ड एज म्याप’मात्र उपलब्ध छ ।

पब्जीमा जस्तो यसमा वास्तविकता कमै मात्र पाइन्छ । तर पनि दुवै गेमको लक्ष्य भनेको अन्तिमसम्म बाँच्नु नै हुन्छ । यो गेम खेल्नको लागि मोबाइलमा कम्तीमा २ जीबी र्‍याम र ३ जीबी मेमोरी हुनुपर्छ ।

४. नाइभ्स आउटः

नाइभ्स आउट पब्जीजस्तै गेम हो । यसमा पनि १०० जना खेलाडी हुन्छन् । यसको गेम खेल्ने शैली पनि पब्जीको जस्तै छ । तर यसको ग्राफिक्स भने पब्जीको जस्तो कलरफुल छैन ।

यो गेमको वातावरण अलि अँध्यारो खालको छ ।

यसमा खेलाडीहरुलाई हेलिकप्टरबाट म्यापमा उतारिन्छ । यदि तपाई पब्जी जस्तै अर्को गेम खेल्न चाहनुहुन्छ भने यो गेम खेल्न सक्नुहुनेछ ।

यो गेमले प्ले स्टोरमा ४.२ को रेटिङ पाएको छ । गेम खेल्न फोनमा कम्तीमा २ जीबी र्‍याम तथा ‍मेमोरी आवश्यक पर्छ ।

५. साइबर हन्टरः

साइबर हन्टर पब्जीभन्दा धेरै फरक गेम हो । याे साइन्स फिक्सन गेम हो ।

यसको ग्राफिक्स तथा गेम खेल्ने शैली पनि पब्जीको भन्दा फरक छ । पब्जीमा जस्तै यसमा पनि १०० जना खेलाडी हुन्छन् र अन्तिमसम्म बाँच्ने गेमको विजेता बन्छ ।

यो गेममा पाइने भेहिकल पनि पब्जीकाे भन्दा फरक छन् । यदि तपाईँ पब्जीभन्दा अलि फरक ब्याटल रोयल गेमको मजा लिन चाहनुहुन्छ भने यो गेम तपाईँको लागि उपयुक्त विकल्प बन्न सक्छ ।

लगभग ३ जीबी साइज रहेको यो गेमले प्ले स्टोरमा ४ को रेटिङ पाएको छ ।

गेम डाउनलोड गरेर खेल्नको लागि फोनमा कम्तीमा २ जीबी र्‍याम हुनुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३