close

अनलाइन फुड डेलिभरी कम्पनी भोजले किन्यो क्विकरफुड, पूर्वी क्षेत्रमा सेवा दिने

टेकपाना टेकपाना

भदौ २४, २०७९ १८:५

अनलाइन फुड डेलिभरी कम्पनी भोजले किन्यो क्विकरफुड, पूर्वी क्षेत्रमा सेवा दिने

काठमाडौं । खाना डेलिभरी गर्ने अनलाइन प्लेटफर्म भोजले विराटनगरको फुड डेलिभरी कम्पनी किक्वरफुडको स्वामित्व खरिद गरेको छ ।

देशको पूर्वी क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यसहित कम्पनीले क्विकरफुडको स्वामित्व खरिद गरेको हाे । भोजले हाल काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल र भैरहवामा आफ्नो सेवा दिइरहेको छ ।

त्यस्तै क्विकरफुडले विराटनगरमा गत तीन वर्षदेखि खाना डेलिभरी गर्दै आएको थियो ।

योसँगै अब भाेजले विराटनगरमा पनि फुड डेलिभरी सेवा उपलब्ध गराउनेछ भने इटहरीमा पनि सेवा विस्तार गर्ने याेजना ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३