close

गस्ती गर्न प्रहरीलाई विद्युतीय अटो टेम्पो

टेकपाना टेकपाना

भदौ २६, २०७९ ८:४७

गस्ती गर्न प्रहरीलाई विद्युतीय अटो टेम्पो

काठमाडौं । इटहरी उपमहानगरपालिका ६ स्थित बजाज शोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय गाडी हस्तान्तरण गरेको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप शुक्रबार आयोजित एक कार्यक्रमबीच बजाज शोरुमका प्रबन्धक प्रदिप सन्थालियाले १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरिलाई हस्तान्तरण गरे ।

प्रहरी नायब महानिरीक्षक गिरिले ९ सिट क्षमता भएको उक्त विद्युतीय अटो टेम्पो विशेषगरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान एवम् प्रहरी गस्ती पेट्रोलिङको लागि परिचालन हुने बताए ।

बजाज शोरुमका प्रबन्धक सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिइरहेको उल्लेख गर्दै आगामी दिनमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै जाने बताए ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३