close

कसरी छान्ने राम्रो ल्यापटप ?

टेकपाना टेकपाना

भदौ २६, २०७९ १०:०

कसरी छान्ने राम्रो ल्यापटप ?

काठमाडौं । तपाईँको जीवनमा साथीदेखि आफन्त मात्र होइन, इन्टरनेटमा अपरिचित व्यक्तिले समेत तपाईँलाई ल्यापटपको बारेमा सोधिरहेका हुन्छन् । यस्तोमा कस्तो ल्यापटप किन्ने ? ल्यापटपमा केके भएको खण्डमा राम्रो ? जस्ता झट्ट जवाफ दिन कठिन प्रकृतिका प्रश्नहरूको सामना तपाईँले बारम्बार सुनिरहनु भएको हुनसक्छ ।

बरु यसलाई अर्को कोणबाट ‘के कुराले ल्यापटपलाई नराम्रो बनाउँछ ?’ सोधेको खण्डमा निकै सहज लाग्न सक्छ । एक घण्टाको ब्याट्री लाइफ छ भने त्यसलाई राम्रो मान्न सकिन्न । एउटा यूएसबी-सी पोर्ट हुँदा ?

त्यो पनि राम्रो भएन । बूट अप हुन १२ मिनेट समय लाग्छ भने ? राम्रो होइन । तर कुन राम्रो भन्ने प्रश्न चाहिँ अलिक कठिन छ । किन भने बजारमा रहेका धेरै ल्यापटप भिन्नाभिन्नै लक्षित समूह र प्रयोगको आवश्यकतालाई सम्बोधन गर्ने प्रकृतिका हुन्छन् ।

बोकेर यताउति धेरै गर्न अल्ट्रापोर्टेबल ल्यापटप चाहनुहुन्छ भने सात घण्टासम्म टिकाउ ब्याट्री भएको राम्रो हुनसक्छ । तर त्यही कुरा फेरि गेमिङ गिगका लागि राम्रो नहुन सक्छ । सम्भवतः राम्रो गेमिङ ल्यापटपका लागि एउटा छुट्टै जीपीयू आवश्यक पर्न सक्छ, तर व्यापार-व्यवसायका लागि निश्चित तवरमा त्यो नचाहिन सक्छ ।

बजारमा निश्चित पोर्ट, स्क्रिन रिजोलुसन, रिफ्रेश रेट, किबोर्ड फिल, बेजल साइज आदि जस्ता अनेकौँ फिचर भएका ल्यापटप छन् । यदि तपाईँ सामान्य प्रयोजनका लागि ल्यापटप खरिद गर्ने विचारमा हुनुहुन्छ भने तल उल्लेखित विषयहरू ध्यान दिनुहोस् । 

१. कम्तिमा १९२०x१०८० भएको डिस्प्लेः बजारमा अझै पनि महँगा तर कम रिजोलुसन भएका ल्यापटप बिक्री भइरहेका छन् । यस्ता मोडेलहरू राम्रा होइनन् । 

२. कम्तिमा दुई ओटा पोर्ट र एउटा हेडफोन ज्याकः अहिले बजारमा दुई ओटा यूएसबी सी र एउटा हेडफोन ज्याक भएका राम्रा ल्यापटप बिक्री भइरहेका छन् । 

३. ठूलो आवाज ननिकाल्ने तर चालू अवस्थामा रहेका पङ्खाः क्रोममा पाँच छ ओटा ट्याब खोल्दा फ्यानको आवाज चर्को सुनिन थाल्छ भने त्यो राम्रो ल्यापटप होइन । यद्यपि फ्यानबाट कति ठूलो आवाज निकाल्ने ल्यापटप राम्रो भन्ने कुरा बहसको विषय बन्न सक्छ । तर तपाईँ कार्यालयमा हुनुहुन्छ र ल्यापटपमा खासै धेरै काम नगर्दा समेत फ्यानको आवाज सुनिन्छ भने त्यस्तो ल्यापटप राम्रो होइन । 

४. किबोर्ड ब्याकलाइटिङः किबोर्डमा ब्याकलाइट हुने कुरा अबेर रातिसम्म काम गर्नेहरूका लागि एकदमै जरुरी हुन्छ । 

५. कम्तिमा १ एमएम दूरीमा रहेका किः त्यसो त फराकिलो किबोर्ड मन पराउने कुरा सबैको हकमा लागू नहुन सक्छ । तर पनि कीहरू बीचमा १ एमएमभन्दा कम दूरी भएको ल्यापटप त्यति राम्रो मानिँदैन । 

६. सामान्य प्रयोजनका लागि सात घण्टासम्म टिक्ने ब्याट्रीः सस्तो मूल्यमा समेत पाँच घण्टाभन्दा बढी टिक्ने ब्याट्री भएका ल्यापटपहरू बजारमा आउन थालेका छन् । त्यसैले सकेसम्म सात घण्टा वा त्यसभन्दा बढी समय टिक्ने ब्याट्री भएको खण्डमा राम्रो मानिन्छ । 

७. प्रयोग गर्न सकिने प्रोसेसरः अब भने सेलेरोन प्रोसेसर ल्यापटपमा राख्नबाट बन्द गर्नुपर्ने बेला भइसकेको छ । चाहे तपाईँ ल्यापटपमा एकदमै हलुका काम नै किन नगर्नुहोस् । त्यस्तै केही व्यक्तिहरूका लागि कोर आईथ्री पर्याप्त नहुन सक्छ, तर अन्यका लागि यो समस्याको विषय नहोला । 

८. र्‍याम तथा स्टोरेजः राम्रो विन्डोज ल्यापटपका लागि कम्तिमा ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज हुन जरुरी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३