close

बच्चा चोरी गर्ने व्यक्ति नेपाल आएका छैनन्, भ्रम फैलाउनेलाई कारबाही हुन्छ: प्रहरी

टेकपाना टेकपाना

भदौ २८, २०७९ १२:५३

बच्चा चोरी गर्ने व्यक्ति नेपाल आएका छैनन्, भ्रम फैलाउनेलाई कारबाही हुन्छ: प्रहरी

काठमाडौं । पछिल्लो समय भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल आएकाे हल्लाले सामाजिक सञ्जाल तातेकाे छ ।

टिकटक, फेसबुक लगायतका प्लेटफर्ममा फाेटाे र भिडिओ सहितका सामग्री आउन थालेपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूराेले एक सूचना जारी गरेकाे छ ।

सामाजिक सञ्जालमा फैलाइएकाे विषयमा सत्यता नभेटिएकाे भन्दै ब्यूराेले भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएकाे छ ।

‘सामाजिक सञ्जालमा पोस्ट भएको प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यलयमा हालसम्म कुनैपनि माध्यमबाट उजुरी/सूचना प्राप्त भएको छैन,’ सूचनामा भनिएको छ ।

त्यो हुँदा सामाजिक सञ्जालमा फैलिएका यस्ता भ्रामक विषयमा विश्वास नगर्न ब्यूरोले आग्रह गरेको छ ।

साथै सामाजिक सञ्जालमा यस्ता भ्रामक प्रचार गर्ने व्यक्तिमाथि कानून बमोजिम कारबाही हुने समेत जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४