close

एनसेलको दशैं अफर, रिचार्ज गर्दा ४० रूपैयाँसम्म बोनस

टेकपाना टेकपाना

भदौ २८, २०७९ १३:३७

एनसेलको दशैं अफर, रिचार्ज गर्दा ४० रूपैयाँसम्म बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु. १०० वा सोभन्दा बढीको रिचार्जमा अधिकतम रु. ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

मंगलबारदेखि याे याेजना सञ्चालनमा आएको कम्पनीले जानकारी दिएकाे छ । यसअन्तर्गत एनसेलका ग्राहकले रु. १०० को रिचार्ज गर्दा एक दिन मान्य रहने रु. १० बोनस स्वरुप प्राप्त गर्नछन् ।

बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी रु १५० रिचार्ज गरेमा रु. २० बोनस स्वरुप प्राप्त गर्छन् ।

प्राप्त बोनस रकम तीन दिनका लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक-पटक गरी रु. २०० वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले रु. ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम सात दिनका लागि मान्य हुनेछ ।

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

आफ्ना ग्राहकका लागि रु. १०० वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो योजना ल्याएकाे कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४