close

भर्चुअल संसारबाट एकाएक किन हराइन् पूजा शर्मा ?

टेकपाना टेकपाना

भदौ २८, २०७९ १४:४३

भर्चुअल संसारबाट एकाएक किन हराइन् पूजा शर्मा ?

काठमाडौं । अभिनेत्री पूजा शर्मा भर्चुअल संसारबाट एकाएक हराएकी छन् । सामाजिक सञ्जालमा सक्रिय हुने नायिका मध्येकी एक शर्मा यसरी एकाएक हराउँदा उनका शुभचिन्तकले विभिन्न माध्यमबाट दुःख व्यक्त गरेका छन् ।

केही दिनअघिसम्म नेपाली चलचित्र ‘सम्हालिन्छ मन कहिले’ फिल्मको प्रचार गरिरहेकी नायिका उक्त फिल्म हलमा रिलिज भइरहँदा सामाजिक सञ्जालबाट गायब छिन् ।

कतिपयले उनका सामाजिक सञ्जालका अकाउन्ट ह्याक भएको आशंका गरेका छन् । यसो त फिल्म प्रचारको बेला नायिका पूजा शर्मा विवादमा आइरहन्छिन् ।

उनले दिएका अन्तर्वार्ताबाट उनी बारम्बार विवादमा तानिरहन्छिन् । पछिल्लो समय पत्रकार ‘ऋषि धमलाको’ धमलाको हमलामा उनले अन्तर्वाता दिएकी थिइन ।

उक्त शोमा बालेनप्रति दिएको उनको अभिव्यक्ति निकै विवादित बनेको थियो ।

उनको उक्त क्लिक फेसबुक, टिकटक लगायतमा भाइरल बनेको थियो ।

उक्त क्लिप भाइरल भएपछि उनीप्रति थुप्रै मानिसहरूले आलोचना गरेका थिए । शनिबार अन्तिम पोस्ट राख्दै नायिका पूजा शर्मा सामाजिक सञ्जालबाट गायब भएकी हुन् ।

उनले अन्तिममा पोस्ट गरेको लेख यस्तो छ, “यही कुरा मेरो नि मनमा आइरहन्छ । मलाई थाहा छैन किन यति पछि लाग्छ मेरो । न मैंले फेरि कसैको केही बिगारेकी छु । राम्रो सोचले केही गर्छु भनेर यो इन्डस्ट्रीमा आएँ तर…….।”

यो पोस्ट गरेको केही समयमा नै उनले आफ्ना सामाजिक सञ्जालका अकाउन्ट डिएक्टिभेट गरेको आशंका गरिएको छ । हाल उनको आधिकारिक फेसबुक, इन्स्टाग्राम, तथा टिकटक अकाउन्ट डिएक्टिभेट छ ।

यसबारे टेकपानाले उनीसँग बुझ्न खोज्दा फोन उठिरहेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४