close

जीहो ब्रान्डको विद्युतीय स्कुटर नेपाल आउँदै, सिंगल चार्जमा २०० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

भदौ २९, २०७९ ७:४६

जीहो ब्रान्डको विद्युतीय स्कुटर नेपाल आउँदै, सिंगल चार्जमा २०० किमिसम्म गुड्ने

काठमाडौं । नेपाली बजारमा चिनियाँ कम्पनी सीएफ मोटोको सहायक ब्रान्ड जीहोकाे विद्युतीय स्कुटर आउने भएको छ ।

हिमालयन मोटोरार्डले ल्याउन लागेको यो प्रिमियम स्कुटर पहिलाे पटक नेपालमा ल्याउन लागेकाे हाे । आउँदो असोज ६ देखि राजधानीमा हुने नाडा इभी एक्स्पो २०२२ का अवसरमा जीहाे स्कुटर सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार यो स्कुटर सिंगल चार्जमा झण्डै २०० किलोमिटर गुड्नसक्छ । त्यस्तै स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यस स्कुटरले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ हर्जपावर उत्पादन गर्दछ । यसमा रिमुभेबल लिथियम आयन डबल ब्याट्री अप्सन दिइएको छ ।

यो स्कुटरमा ५ इन्चको एलसीडी कर्भ इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा तीन राइड मोड, एडप्टिभ हेडल्याम्प, एन्टिथेफ्ट अर्लाम, स्मार्ट कनेक्ट लगायतका फिचर उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४