close

दराजको दशैँ अफर; ७० प्रतिशतसम्म छुट देखि विद्युतीय स्कुटरसम्म 

टेकपाना टेकपाना

भदौ २९, २०७९ १४:९

दराजको दशैँ अफर; ७० प्रतिशतसम्म छुट देखि विद्युतीय स्कुटरसम्म 

काठमाडौं । नजिकिदै गरेको दशैँलाई मध्यनजर गर्दै ई–कमर्स प्लेटफर्म दराजले वार्षिक दशैँ धमाका अभियान सुरु गरेको छ ।आजबाट सुरु भएको अभियानमा दराजका ग्राहकले ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क डेलिभरी, अग्रिम भुक्तानीमा २५०० रुपैयाँसम्मको छुट, १०,००० रुपैयाँसम्मको मेगा भाउचर, एक रुपैयाँको खेल लगायतका अफरहरू प्राप्त गर्न सक्छन् । 

यो अभियानको अवधिमा ग्राहकहरूले डेबिट कार्ड मार्फत गरेको अग्रिम भुक्तानीमा १५ प्रतिशत (अधिकतम २००० रुपैयाँ) र क्रेडिट कार्ड मार्फत गरेको अग्रिम भुक्तानीमा २० प्रतिशत (अधिकतम २५०० रुपैयाँ) सम्मको छुट पाउन सक्नेछन्। नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन्। 

साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा ई-सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित समयको लागि १५ प्रतिशत (अधिकतम १००० रुपैयाँ) सम्मको अतिरिक्त छुट पनि पाउन सकिन्छ । 

त्यसैगरी एक रुपैयाँको गेममा ग्राहकहरूले अमेजन फिट जीटीएस मिनी, साउण्ड कोर लाइफ नोट, एक जोडीको लागि यति एयरलाइन्सको एकतर्फि टिकट र मोटो जी २२ स्मार्टफोन एक रुपैयाँमा नै प्राप्त गर्न सक्नेछन् । यस गेममा सहभागी हुनको लागि, ग्राहकले अनलाइन मार्फत एक रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्दछ। यो अभियान सकिएपछि भने सबै सहभागीहरूलाई एक रुपैयाँ फिर्ता हुने कम्पनीले जनाएको छ । 

यो सँगै ग्राहकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् । यसमा थप ‘शेक शेक भाउचर’, ‘११ को बजार’, ‘आजको दराज मल ब्रान्ड’, ‘कुपन नै कुपन’, ‘जो छिटो उस्ले जित्यो’, ‘सेलको झटका’ र ‘स्टोरवाइड’ लगायत अन्य अफर पनि  समावेश छन्। 

अभियानको बम्पर उपहारको रुपमा ग्राहकले निउको विद्युतीय स्कुटर जित्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४