close

बालबालिकाको लागि नबिल बैंकको एप, अभिभावकले दिएको काम पूरा गरे खातामा पैसा आउने

टेकपाना टेकपाना

भदौ २९, २०७९ १५:११

बालबालिकाको लागि नबिल बैंकको एप, अभिभावकले दिएको काम पूरा गरे खातामा पैसा आउने

काठमाडौं । राष्ट्रिय बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित अफर सार्वजनिक गरेको छ । ‘नबिल जेन अल्फा’ नामक यो अफर १८ वर्षभन्दा मुनिका बालबालिकालाई लक्षित गरिएको छ ।

अभिभावकले एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक टास्क अथवा विभिन्न गतिविधिहरू सिर्जना गर्न, निर्धारण गर्न सक्छन् । यसरी अभिभावकले दिएको कार्य बालबालिकाले सम्पन्न गरेको खण्डमा रिवार्डको रुपमा बालबालिकको खातामा पैसा जम्मा गरिदिन सक्छन् ।

यो अफरले बालबालिकालाई जीवन उपयोगी सीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने बैंकको विश्वास छ । नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका निभाउने बैंकको दाबी छ । 

यो अफरमार्फत बालबालिकालाई जीवन उपयोगी सीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने बैंकको विश्वास रहेको छ । नबिल जेन अल्फा बचत खाताबाट बालबालिकालाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका निभाउने बैंकले बताएको छ । 

बैंकका अनुसार यो योजना अर्न्तगत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रूपमा बालबालिकाको खातामा रकमान्तर र बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्दती खातामा जम्मा गर्न सक्नेछन् ।

यो सुविधा प्रयोग गर्नका लागि अभिभावकसँग नबिल बैंकको खाता हुनु आवश्यक छ । एन्ड्रोइड प्रयोगकर्ताले नबिल जेन अल्फा एप यहाँ र आईओएस प्रयोगकर्ताले उक्त एप यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४