close

आफ्नो र सेवाप्रदायकको लोगो दुरुपयोग हुँदा प्रयोगकर्ता ठगिएको भन्दै सचेत रहन नियामकको आग्रह

टेकपाना टेकपाना

भदौ २९, २०७९ १६:५२

आफ्नो र सेवाप्रदायकको लोगो दुरुपयोग हुँदा प्रयोगकर्ता ठगिएको भन्दै सचेत रहन नियामकको आग्रह

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो तथा दूरसञ्चार सेवाप्रदाय कम्पनीहरूको लोगो दुरुपयोग भइरहेको प्रति ध्यानाकर्षण व्यक्त गरेको छ ।  प्राधिकरणले राष्ट्रिय झन्डा, प्राधिकरण तथा सेवा प्रदायकको लोगो दुरुपयोग गरी प्रयोगकर्तालाई प्रलोभनमा पार्ने काम भइरहेकाले त्यसबाट सुरक्षित रहन आग्रह गरेको हो ।

“भाइबर, मेसेन्जर, ह्वाट्सएप, इमो, विच्याट जस्ता एपमा राष्ट्रिय झन्डा, प्राधिकरण तथा सेवाप्रदायकको लोगो दुरुपयोग गरी प्रलोभनको रूपमा पुरस्कार परेको भन्दै मेसेज पठाई सेवाग्राहीलाई प्रलोभन पार्ने काम भइरहेको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

यसरी प्रलोभनमा पारी अपरिचित व्यक्तिको सम्पर्कमा पुगी आफ्नो नाम, मोबाइल नम्बर, बैंक खाता लगायतका जानकारी दिएर उपभोक्तालाई ठग्ने कार्य भइरहेको प्राधिकरणले स्पष्ट पारेको छ । यस्तोमा त्यस किसिमका प्रलोभनमा नपर्न र यस सम्बन्धी मेसेज तथा लिंक नखोल्न र यस्ता गतिविधिबाट सचेत रहन समेत प्राधिकरणले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४