close

अन्ततः सुरु भयो एमडीएमएस, अब गैरकानूनी मोबाइल नेपालमा नचल्ने

टेकपाना टेकपाना

भदौ ३०, २०७९ ९:४

अन्ततः सुरु भयो एमडीएमएस, अब गैरकानूनी मोबाइल नेपालमा नचल्ने

काठमाडौं । अन्ततः नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । लामो समयदेखि कार्यान्वयनमा आउने भनिएको यो प्रणाली नियामकले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

यससँगै मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको छ । यद्यपि २०७९ को भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

तर भदौ ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ । साथै मोबाइल आयातकर्ता तथा बिक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत सूचित गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४