close

अब एन्ड्रोइडमा एनिमेटेड इमोजी प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३०, २०७९ ११:३९

अब एन्ड्रोइडमा एनिमेटेड इमोजी प्रयोग गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो ‘नोटो ईमोजी परियोजना’ अन्तर्गत निःशुल्क नयाँ पुस्ताको ईमोजी उपलब्ध गराउन गृहकार्य गरिरहेको छ । त्यसका लागि सबैभन्दा पहिले नयाँ ३१ ओटा ईमोजी थपिने बताइएको छ । जसलाई जोडेर एन्ड्रोइडका लागि कुल ३ हजार ६ सय ६४ युनिकोड ईमोजी रहनेछन् । 

थपिएका नयाँ ईमोजी एन्ड्रोइड डिभाइसका लागि छिट्टै उपलब्ध हुनेछन् भने बाँकी अन्य गुगलका परियोजना आगामी वर्षको सुरुवातमा उपलब्ध हुने बताइएको छ । 

यि ईमोजीले एनिमेसन सपोर्ट गर्नेछन् । भन्नुको अर्थ यि ईमोजी चलेको देखिनेछन् । उक्त ईमोजी कस्तो देखिनेछन् भन्ने कुरा यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ । उक्त ईमोजीलाई डाउनलोड गरेर अहिले गिफ फाइलका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी गुगल सीओएलआरभी वान (COLRv1) भनिने फन्ट फर्म्याटमा स्वीच हुने तयारी गरिरहेको छ । 

यो फर्म्याट भेटर इमेजको फर्म्याटमा हुन्छ । जसको फाइल साइज तुलनात्मक रूपमा अन्यको भन्दा कम हुन्छ । उक्त ईमोजीलाई विभिन्न एप तथा ब्राउजरबाट कस्टुमाइज गर्न (आफ्नो आवश्यकता अनुसार मिलाउन) सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४