close

आजबाट सिस्टममा चेक गरेर मात्रै मोबाइल खरिद गर्न प्राधिकरणको आग्रह

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १२:३८

आजबाट सिस्टममा चेक गरेर मात्रै मोबाइल खरिद गर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट सिस्टममा चेक गरेर मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गर्दै प्राधिकरणले ग्राहकलाई आफूले खरिद गर्न लागेको मोबाइल सिस्टममा चेक गरेर मात्र खरिद गर्न आग्रह गरेको हो ।

लामो समयदेखि कार्यान्वयनमा आउने भनिएको यो प्रणाली नियामकले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । यससँगै मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको छ ।

यद्यपि ३० भदौ २०७९ गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४