close

भुलवश बाहिरियो इन्टेलको थर्टिन्थ जेन प्रोसेसरको फिचर 

टेकपाना टेकपाना

भदौ ३०, २०७९ १७:५६

भुलवश बाहिरियो इन्टेलको थर्टिन्थ जेन प्रोसेसरको फिचर 

काठमाडौं । इन्टेलले भुलवश आफ्नो ‘थर्टिन्थ जेन र्‍याप्टर लेक’ प्रोसेसरका फिचरहरू सार्वजनिक गरिदिएको छ । 

थर्टिन्थ जेन सीपीयु सिक्स गिगाहर्जमा चल्ने कुरा पुष्टि गरेको भोलिपल्ट नै कम्पनीले उक्त प्रोसेसरका विशेषता सार्वजनिक गरेको हो । यद्यपि अन्जानमा सार्वजनिक भएका विवरण सहितको पोस्ट कम्पनीले हटाएको छ । कम्पनीले मङ्गलबार कोर आईफाइभ १३६००के (Core i5-13600k), कोर आईसेभरन १३७००के (Core i7-13700K) र कोर आईनाइन १३९०० के (Core i9-13900K) सीपीयूको विशेषता सार्वजनिक गरेको थियो । 

इन्टेलले उक्त जानकारी आफ्नो क्यानेडेली वेबसाइटमा सार्वजनिक गरेको थियो । त्यसको केही समयमा नै ट्वीटर प्रयोगकर्ताले उक्त फिचरहरूबारे जानकारी लिएका थिए । उक्त पोस्टमा आई नाइन १३९०० के प्रोसेसरमा २४ कोर र ३२ थ्रेड्स हुने बताइएको थियो । सो प्रोसेसरको उच्चतम् ५.४ गिगाहर्ज फ्रिक्वेन्सी पर्फमेन्स रहेको छ । 

त्यस्तै आईसेभेन १३७०० के प्रोसेसरमा १६ कोर, २४ थ्रेड्स र ५.५ गिगाहर्ज पर्फमेन्स कोर रहेको छ । त्यसैगरी आईफाईभ १३६००के मा १४ कोर, २० थ्रेड्स र उच्चतम् ५.१ गिगाहर्ज पर्फमेन्स कोर फ्रिक्वेन्सी रहेको छ । 

कम्पनीले आधिकारिक रूपमा यि प्रोसेसरबारे कुनै जानकारी दिएको छैन । कम्पनीले एक आयोजना गर्दै असोज ११ गते यी प्रोसेसरहरू सार्वजनिक गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४