close

भिडियो तथा स्क्रिनको फोरकेलाई यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

माघ ३, २०७६ ११:४४

भिडियो तथा स्क्रिनको फोरकेलाई यसरी बुझ्नुहोस्

अहिलेको समयमा तपाईं प्रविधिसँग एकदमै नजिक हुनुहुन्छ । तपाईंले वितेका दुई वर्षयता फोरके शब्द धेरै पटक सुन्नु भयो होला । विभिन्न टेलिभिजन तथा मिडिया स्क्रिनमा पनि देख्नु भयो होला । तर वास्तवमा यो के हो भन्ने कुरा धेरैलाई अझ पनि थाहा छैन ।

फोरके डिस्प्ले रेजोलुसनको एउटा प्रकार हो । डिस्प्ले र स्क्रिनको हकमा रेजोलुसनको अर्थ पिक्सेलहरुको संख्या मात्र हो । यो कुनै चित्र वा दृश्यभित्र रहेका विषयवस्तुलाई सूक्ष्मरुपमा स्पष्ट देखाउने विषयसँग सम्बन्धित छ । 

सामान्य रुपमा भन्नुपर्दा स्क्रिनको लम्बाई र चौडाईमा रहेका पिक्सेल तथा कणहरुको संख्या नै रेजोलुसन हो । उदाहरणका लागि १०८० पिक्सल रेजोलुसनको अर्थ स्क्रिन डिस्प्लेमा तेस्रो रुपमा १९२० पिक्सेल र ठाडो रुपमा १०८० पिक्सेल रहेको छ भन्ने बुझ्नुपर्ने हुन्छ ।

फोरके शब्द सुन्दा जति सजिलो र छोटो छ यसको अर्थ त्यत्ति नै व्यापक रहेको छ । आधारभूतमा फोरके दुई प्रकारका रहेका छन् । एउटा टेलिभिजनमा प्रयोग हुन्छ भने अर्को सिनेमामा । टेलिभिजनको मापदण्डको कुरा गर्दा, अधिकाशंमा ३८४० बाई २१६० को रेजोलुसन पाइन्छ, जसलाई अल्ट्रा हाई डेफिनेसन युएचडी भनिन्छ । त्यसैले टेलिभिजन ब्राण्डहरुमा फोरके युएचडी हुन्छ, फोरके मात्र हुँदैन ।

अब सिनेमाको कुरा गरौँ । यसमा फोरकेको परिभाषा नै बेग्लै हुन्छ । सिनेमाको फोरके प्रोजेक्टरहरुमा टेलिभिजनमा जस्तो तेस्रो भागमा रेजोलुसन हुँदैन । त्यसको साटो सिनेमामा ४,०९६ पिक्सेलको चौडाई हुन्छ । डिजिटल सिनेमा इनिसिएटिभ्स अर्थात डीसीआई नामक संस्थाले यसलाई निर्धारण गर्छ । 

डीसीआई विश्वभरका प्रमुख फिल्म स्टुडियोहरुको संगठन हो । जसले आधुनिक सिने अनुभवको मापदण्ड तय गर्छ । रोचक कुरा भनेको फिल्म विभिन्न एस्पेक्ट रेसियो अर्थात आकारको अनुपातमा खिच्न नसकिने हुँदा यसको फोरके प्रोजेक्टरमा ठाडो रुपमा पिक्सेलका लागि कुनै सिमितता हुँदैन । 

तेस्रो तर्फ ३८४० पिक्सेल र ठाडो रुपमा २१६० पिक्सेलको रेजोलुसन भएका जुनसुकै स्क्रिन डिस्प्लेलाई फोरके टेलिभिजन भनिन्छ । १०८० पिक्सेल स्क्रिन रेजोलुसन भएको पुरानो एचडी मापदण्डको तुलनामा यसमा चार गुणा बढी पिक्सेलहरु हुन्छन् । 

हामी ७२० पिक्सेलको स्क्रिन रेजोलुसन हुँदै १०८० पिक्सेलको रेजोलुसनसम्म आइपुग्दा फोरकेलाई किन फोरके भनियो ? किन २१६० पिक्सेल भनिएन ? धेरैको मनमा यस्तो प्रश्न उठ्न सक्छ । तर फोर के शब्दले जुन आधुनिकता र सुन्दरता बोकेको छ, त्यो २१६० पिक्सेलले बोक्न नसक्ने विज्ञहरुको धारणा छ । 

एजेन्सीहरुको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१