close

फोन-पेको क्यूआरमार्फत गोल्डस्टार जुत्ताको पैसा तिर्दा १५ प्रतिशत छूट

टेकपाना टेकपाना

माघ ३, २०७६ १३:१६

फोन-पेको क्यूआरमार्फत गोल्डस्टार जुत्ताको पैसा तिर्दा १५ प्रतिशत छूट

काठमाडौं । अब ग्राहकहरुले एउटा फोन-पेको क्यूआर कोड स्क्यान गरेर गोल्डस्टार ब्राण्डकाे भुक्तानी गर्न सक्ने भएका छन् । फोन-पेको नेटवर्कमा रहेका बैंक तथा ई-सेवाबाट कोड स्क्यान गरी जुत्ताको भुक्तानी गर्दा ग्राहकले १५ प्रतिशत छूट समेत प्राप्त गर्नेछन् । 

ई-सेवाले गोल्ड स्टार तथा त्यसका बिक्रेतालाई फोन-पेको मर्चेन्ट बनाएको छ । यससँगै फोन-पेको क्यूआर मार्फत भुक्तानी गरी गोल्डस्टार जुत्ता खरिद गर्ने ग्राहकहरुले जुत्ताको मूल्यमा १५ प्रतिशत रुपैयाँ आफ्नै खातामा फिर्ता पाउने भएका हुन् ।  डिजाइन र गुणस्तरताका लागि देश विदेशमा ख्यातीप्राप्त नेपाली ब्राण्ड गोल्ड स्टारले हाल भारत लगायत पश्चिमा मुलुकहरुसम्म आफ्नो बजार विस्तार गरेको छ ।

गोल्ड स्टारले हाल काठमाडौंका विभिन्न पाँच ठाउँ रहेका आफ्ना स्थानमा रहेका उत्पादन युनिटबाट दैनिक ७५ हजार जोडी जुत्ताहरु उत्पादन गर्दै आइरहेको छ । यस्तै लामो समयदेखि विद्युतीय भुक्तानी सेवा प्रदायकको रुपमा सेवा दिइरहेको ई-सेवाले गतवर्षदेखि अत्याधुनिक एकीकृत क्यूआर भुक्तानी सुरु गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१