close

आइतबारदेखि मागेजति ई-सिम पाइने

टेकपाना टेकपाना

भदौ ३१, २०७९ १८:४८

आइतबारदेखि मागेजति ई-सिम पाइने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अब माग भएजति ई-सिम उपलब्ध गराउने भएको छ ।

आइतबारदेखि टेलिकमको सुन्धारास्थित काउन्टरबाट फाराम भर्ने सबै सेवाग्राहीलाई सोही दिन नै ई-सिम प्रदान गर्ने टेलिकमले जनाएको छ ।

आज शुक्रबारदेखि ई-सिम वितरण प्रारम्भ भएपनि प्राविधिक कारण आवेदन दिएका सबैलाई सेवा दिन नसकिएकाे कम्पनी स्राेतले बतायाे ।

अब भने ई-सिम सपोर्ट हुने मोबाइल प्रयोगकर्ताको फाराम अनुसार साेही दिन नै सेवा दिइने छ ।

सुरुवाती चरणमा टेलिकमले आफ्नो सुन्धारास्थित काउन्टरबाट ई-सिम वितरण गरिरहेको भएपनि केही दिनपछि अन्य काउन्टरबाट पनि सेवा प्रदान गर्ने याेजना ल्याएकाे छ ।

ई-सिम लिन प्रयोगकर्ताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र लिएर टेलिकमले उपलब्ध गराएको फाराम भर्नुपर्ने हुन्छ ।

यी डिभासमा सपोर्ट गर्छ ई-सिम

आईफोन

  • iPhone XR
  • iPhone XS
  • iPhone XS Max
  • iPhone 11
  • iPhone 11 Pro
  • iPhone 11 pro Max
  • iPhone SE 2 (2020)
  • iPhone 12
  • iPhone 12 Mini
  • iPhone 12 Pro
  • iPhone 12 Pro Max
  • iPhone 13
  • iPhone 13 Mini
  • iPhone 13 Pro
  • iPhone 13 Pro Max
  • iPhone SE 3 (2022)
  • iphone 14
  • iphone 14 plus
  • iphone 14 pro
  • iphone 14 pro Max

आईप्याड

  • iPad Pro 11″ (model A2068, from 2020)
  • iPad Pro 12.9″ (model A2069, from 2020)
  • iPad Air (model A2123, from 2019)
  • iPad (model A2198, from 2019)
  • iPad Mini (model A2124, from 2019)

सामसङ

  • Samsung Galaxy S20
  • Samsung Galaxy S20+
  • Samsung Galaxy S20 Ultra
  • Samsung Galaxy S21
  • Samsung Galaxy S21+ 5G
  • Samsung Galaxy S21 Ultra 5G
  • Samsung Galaxy S22
  • Samsung Galaxy S22 5G
  • Samsung Galaxy S22 Ultra
  • Samsung Galaxy Note 20 Ultra
  • Samsung Galaxy Note 20 Ultra 5G 
  • Samsung Galaxy Fold
  • Samsung Fold LTE model
  • Samsung Galaxy Fold 3
  • Samsung Galaxy Z Fold2 5G
  • Samsung Galaxy Z Fold3 5G
  • Samsung Galaxy Z Flip3 5G
  • Samsung Galaxy Z Flip3 5G Fold
  • Samsung Galaxy Z Flip
  • Samsung Galaxy Note 20 FE 5G
  • Samsung Galaxy Note 20FE
  • Samsung Watch (via Samsung Wearable application)

गुगल फोन

  • Google Pixel 2 (only phones bought with Google Fi service)
  • Google Pixel 2 XL
  • Google Pixel 3 XL
  • Google Pixel 3a XL
  • Google Pixel 4
  • Google Pixel 4a
  • Google Pixel 4 XL
  • Google Pixel 5
  • Google Pixel 5a
  • Google Pixel 6
  • Google pixel 6a
  • Google Pixel 6 Pro.

ह्वावे फोनहरू

  • Huawei P40
  • Huawei P40 Pro
  • Huwawei P50 Pro
  • Huawei Mate 40 Pro

ओप्पो

  • Oppo Find X3
  • Oppo Find X3 Pro
  • Oppo Reno 5A
  • Oppo Reno6 Pro 5G
  • Oppo Find X5
  • Oppo Find X5 Pro
  • Oppo A55s

सोनी

  • Sony Xperia 1 IV
  • Sony Xperia 5 IV
  • Sony Xperia 10 III Lite
  • Sony Xperia 10 IV

मोटोरोला

  • Motorola Razr 2019
  • Motorola Razr 5G

ह्यामर

  • HAMMER Explorer Pro
  • Hammer Blade 3
  • Hammer Blade 5G
  • myPhone NOW eSIM

ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू

  • Motorola Razr 2019
  • Motorola Razr 5G
  • Nuu Mobile X5
  • Gemini PDA
  • Rakuten Mini
  • Rakuten Big-S
  • Rakuten Big
  • Surface Pro X
  • Honor Magic 4 Pro
  • Fairphone 4
  • Vivo X80

अहिले फोनमा मात्र नभई कम्प्युटर पनि ई-सिम सपोर्ट हुने किसिमका तयार पारिएका छन् । तल उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्प्युटरमा ई-सिम सपोर्ट हुन्छ ।

  • Microsoft Surface Pro X
  • Microsoft Surface Go 2
  • Microsoft Surface Pro LTE Advanced
  • Acer Swift 3
  • Acer Swift 7
  • Asus Mini Transformer
  • Asus NovaGo
  • Asus VivoBook Flip 14
  • HP Elitebook G5
  • HP Probook G5
  • HP Zbook G5
  • HP Specter Folio 13
  • Lenovo Yoga C630
  • Lenovo Miix 630
  • Lenovo Yoga 520
  • Lenovo Flex 5G
  • Samsung Galaxy Book 2
  • Dell Latitude 7210 2-in-1
  • Dell Latitude 9410
  • Dell Latitude 7310
  • Dell Latitude 7410
  • Dell Latitude 9510
  • Dell Latitude 5410
  • Dell Latitude 5411
  • Dell Latitude 5511
  •  

माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।

त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।

अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।

के हो ई-सिम ?

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४