close

आईएमई पेको दशैं अफर, सुनदेखि विद्युतीय स्कुटरसम्म जित्ने अवसर

टेकपाना टेकपाना

असोज १, २०७९ ७:२८

आईएमई पेको दशैं अफर, सुनदेखि विद्युतीय स्कुटरसम्म जित्ने अवसर

काठमाडौं । मोबाइल वालेट कम्पनी आईएमई पेले नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै नयाँ योजना सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले आईएमई पेमार्फत भुक्तानी गर्दा विद्युतीय स्कुटर जित्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार यो योजना शनिबारदेखि सुरु भएर कात्तिक १५ गतेसम्म सञ्चालन रहने छ ।

यो अवधिमा आईएमई पेमार्फत भुक्तानी गर्ने प्रयोगकर्ताले बम्पर उपहारमा दुई जनाले विद्युतीय स्कुटर प्राप्त गर्नेछन् ।

त्यस्तै एकजनाले चन्द्रागिरी केबलकारको लाइफटाइम टिकेट प्राप्त गर्नेछन् ।

त्यस्तै ४६ जनाले डिशहोमको फाइबरनेटसहित आईपीटिभी प्याकेज प्राप्त गर्नेछन् ।

४६ जनाले सामसङ फोन र अर्को ४६ जनाले गोल्डस्टार जुत्ता प्राप्त गर्ने जनाइएको छ ।

यसका साथै आईएमई पेमार्फत प्लेनको टिकेट खरिद गर्दा दुई ताेला सुन जित्न सक्नेछन् । भने, टपअप गर्दा एप्पल म्याकबुक, क्यूआर पेमेन्ट गर्दा पाँच जनाले सामसङ स्मार्टवाच, बैंक लिंक गर्दा दुई ओटा सामसङ ग्यालेक्सी ट्याब एस७ र भिसा कार्डको पेमेन्टमा दुई ओटा ५५ इन्चको सामसङ स्मार्टटिभी जित्नसक्ने कम्पनीले जनाएको छ ।

यसका साथै प्रयोगकर्तालाई ४० लाखसम्मको दराज भौचरसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४