काठमाडौं । साओमीले नेपाली बजारमा स्मार्टफोनको मूल्य घटाएको छ । चाडपर्वको अवसर पारी कम्पनीले विभिन्न मोडलको मूल्य घटाएको हो ।
यसअन्तर्गत रेडमी नोट ११ सिरिजमा एक हजार रुपैँया र रेड्मी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्म घटाइएको छ । यो अफर असोज २ देखि १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।