close

टेकपानाको नयाँ वेबसाइट सार्वजनिक

टेकपाना टेकपाना

असोज २, २०७९ १८:१९

टेकपानाको नयाँ वेबसाइट सार्वजनिक

काठमाडौं । टेकपाना मिडिया प्रालिले आफ्नो नयाँ वेबसाइटकाे सफ्ट लञ्च गरेकाे छ । आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा एक कार्यक्रम गर्दै टेकपानाकाे नयाँ वेबसाइटकाे सफ्ट लञ्च गरिएकाे हाे ।

नयाँ वेबसाइटमा मोबाइल, स्मार्टवाच, एयरबड, टेलिभिजन, विद्युतीय गाडी, भ्वाइस तथा डेटा लगायतका सामग्री तथा प्याकेजहरूको फिचर तथा मूल्य आपसमा तुलना गरेर हेर्न सकिने फिचर थपिएको छ । यसबाट प्रयोगकर्तालाई आफ्नो लागि उपयुक्त उत्पादन तथा प्याकेज चयन गर्न सहज हुने विश्वास लिइएको छ । भविष्यमा टेकपानाको वेबसाइटबाटै प्याकेज तथा सामग्री अर्डर गर्न सकिने सुविधासमेत उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

नयाँ यूआई र यूएक्स सहित तयार पारिएको न्युज पोर्टलमा दूरसञ्चार, इन्टरनेट, ग्याजेट, स्टार्टअप, साइबर सुरक्षा, सामाजिक सञ्जाल र आईटी शिक्षा तथा तालिमलाई होम पेजमा छुट्टा छुट्टै खण्डमा समेटिएको छ । त्यस्तै ब्लग, विचार तथा अन्तर्वार्ता, डिजिटल भुक्तानी, विद्युतीय सवारी, टिप्स, बजार, प्रोफाइल स्टोरी, विज्ञान प्रविधि, शब्द ज्ञान र ईस्पोर्टस् विधालाई समेत वर्गीकरण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ १८:२५