close

सामसङको दशैं अफर; निशुल्क साउन्डबार देखि ३० प्रतिशतसम्म क्याशब्याक

टेकपाना टेकपाना

असोज ३, २०७९ १२:६

सामसङको दशैं अफर; निशुल्क साउन्डबार देखि ३० प्रतिशतसम्म क्याशब्याक

काठमाडौं: नजिकिदै गरेको चाड दशैँलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले 'उत्साह चाडपर्वको,सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रयोगकर्ताले निःशुल्क इन्स्टलेसन लगायत ३० प्रतिशतसम्म क्याशब्याक अफर प्राप्त गर्न सक्नेछन् । 

असोज १ देखि सुरु भएको यो अफर कार्तिक २९ गतेसम्म चल्नेछ । यो अफर अन्तर्गत प्रयोगकर्ताले आफ्ना पुराना सामसङका विद्युतीय सामग्रीहरू ३० प्रतिशत छुटमा नयाँ सामग्रीसँग साट्न सकिन्छ । यो अफर सामसङको टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ। सामसङ टिभिहरू मार्फत, प्रयोगकर्ताले सामसङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबार सहित आफ्नो खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

यस्तै सामसङको रेफ्रिजेरेटरको खरिदमा २५ प्रतिशतसम्म छुट र सामसङ वासिङ मसिनको खरिदमा २२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ।

अफर अन्तर्गत ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभि खरिद गर्दा १५ प्रतिशतसम्मको क्याशब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिनेछ। त्यस्तै सामसङ फ्रेम मोडलको टिभीको खरिदमा निःशुल्क साउन्डबार सहित साथमा १८ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ भने क्युएलईडी टिभिहरूको प्रत्येक मोडलमा निःशुल्क साउन्डबारको  साथमा १९ प्रतिशतसम्मको छुट पाउन सकिनेछ । 

फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडलहरू देखि ५५१ लिटरसम्म क्षमताका मोडलहरूमा रेफ्रिजेरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्याशब्याक प्राप्त गर्न सकिन्छ । यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजेरेटरमा पनि २१ प्रतिशत छुट पाउन सकिन्छ । 

एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक उपलब्ध छ भने ८ केजी तथा ९ केजी क्षमताको हाइजीन स्टीमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिनेछ।

 

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ १२:७