close

काठमाडौंमा बीवाईडीको आफ्नै सर्भिस सेन्टर

टेकपाना टेकपाना

असोज ३, २०७९ १२:५४

काठमाडौंमा बीवाईडीको आफ्नै सर्भिस सेन्टर

काठमाडौं । बीवाईडीको आधिकारीक वितरक साइमेक्स इंकले काठमाडौंमा ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सञ्चालन सुरु गरेको छ ।

विगत लामो समयदेखि आफ्नै सर्भिस सेन्टरको सञ्चालनको तयारीमा रहेको साइमेक्स इंकले​नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको हातबाट आफ्नो सर्भिस सेन्टरको उद्घाटन गरेको हो । 

बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकोले सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् ।

"हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेवारी हो । त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं," उनले भनिन् । 

अहिले ६ ओटा 'बे' निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा थप चारओटा 'बे' पछि थप्न मिल्ने गरी तयार गरिएको छ । यहाँ गाडीलाई आवश्यक पर्ने स्पेयर पार्ट्सकाे वायर हाउस पनि तयार गरिएको छ ।  

पछिल्लो अध्यावधिक: असोज ३, २०७९ १३:१०