close

आईफोन १५ का हरेक मोडेलमा डाइनामिक आइल्यान्ड फिचर आउने !

टेकपाना टेकपाना

असोज ३, २०७९ १३:४७

आईफोन १५ का हरेक मोडेलमा डाइनामिक आइल्यान्ड फिचर आउने !

काठमाडौं । एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १४ सिरिज केही हप्ताअघि मात्र सार्वजनिक गरेको थियो । यससँगै एप्पलको नयाँ आईफोनका बारेमा विभिन्न कुरा बाहिर आइरहेका छन् ।

केही दिनअघि मात्र आईफोन १५ (एप्पलको नयाँ आईफोन डिभाइस) को प्रो मोडेलमा ए१७ बायोनिक चिप प्रयोग हुनसक्ने खबर बाहिरिएको थियो ।

सप्लाई चेन एनालिस्ट रोज योङले आईफोन १५ मा डाइनामिक आइल्याण्ड फिचर आउनसक्ने अपेक्षा गरेका छन् ।

एक ट्वीट गर्दै उनले नयाँ आईफोनमा 'डाइनामिक आइल्यान्ड' फिचर आउनसक्ने अपेक्षा गरेका हुन् । यदि यो कुरा सत्य भयो भने त्यसपछि आउने एप्पलका हरेक नयाँ आईफोन सिरिजमा 'डाइनामिक आइल्याण्ड'को फिचर आउनेछ ।

एप्लले सन् २०१७ मा सार्वजनिक गरेको आईफोन एक्समा नच (क्यामेरा, सेन्सर रहने भाग) फिचर सार्वजनिक गरेको थियो । त्यस्तै योङले आईफोनको नयाँ सिरिजको बेस मोडेल (सम्भावित आईफोन १५) मा १२० हर्जको एलटिपिओ डिस्प्ले नहुने कुराको संकेत गरेका छन् ।

आईफोन १४ सिरिजको प्रो र प्रो म्याक्स मोडेलमा प्रो-मोसन प्रविधि समावेश भएको डिस्प्ले प्रयोग गर्दा त्यसमा अलवेज-अन डिस्प्लेको विकल्प राखिएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ १३:१२