ट्रेन्डिङ:
सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने किन अनलाइन भुक्तानी लिन चाहँदैनन् पेट्रोल पम्प ?  ‘फोन वन’ सार्वजनिक हुनु अगावै बाहिरिए नथिङका वालपेपर, यसरी गर्नुहोस् डाउनलोड मोबाइल बैंकिङ सेवा लिनुभएको छैन ? अनलाइनबाटै एक्टिभ गर्न यसो गर्नुहोस् आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! मेगा बैंकको नामबाट सामाजिक सञ्जालमा ठगी, सचेत रहन आग्रह सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड शपिङ गर्न सकिने रेफ्रिजेरेटर खरिद गर्दा ख्याल राख्नुपर्ने कुरा जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट
close

सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने

टेकपाना टेकपाना

असोज ३, २०७९

सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने

काठमाडौं ।  इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै 'स्मार्ट अफर' सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ९९९ रुपैयाँमा (भ्याट सहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।

यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ । जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ ।

त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ ।

सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।

“पुराना ग्राहकहरूका लागि अन्य थुप्रै अफर समेत उपलब्ध छन्, त्यसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा पुग्नुपर्ने छ,” कम्पनीले भनेको छ ।