close

आईओएस १६ मा कपी पेस्टको समस्या बग भएको पुष्टि

टेकपाना टेकपाना

असोज ४, २०७९ २०:५५

आईओएस १६ मा कपी पेस्टको समस्या बग भएको पुष्टि

काठमाडौं । एप्पलले अघिल्लो सातामात्र आईओएस १६ सार्वजनिक गरेको थियो । आईओएस सार्वजनिक गरेलगत्तै थुप्रै प्रयोगकर्ताले नयाँ आईओएसमा विभिन्न समस्याको देखिएकाे गुनासाे गरेका दिए ।

त्यसमा सबैभन्दा पहिले नयाँ एप इन्स्टल नहुने समस्या आएको थियाे ।

उक्त समस्यालाई केही समयमै एप्पलले समाधान गरेको उल्लेख गरेपनि प्रयोगकर्ताले आइओएस १६ मा कपी पेस्ट गर्न समस्या आएको गुनासाे गर्न थाले ।

त्यसमा विशेषगरी कुनै पनि सामग्री पेस्ट गर्दा हरेक पटक अलाउ (allows) को विकल्प आइरहेको थियो, जसले गर्दा आईओएस १६ प्रयोगकर्ता उक्त समस्याले दिकदार भएका थिए ।

केही प्रयोगकर्ताले एप्पलले गोपनीयताको नाममा प्रयोगकर्तालाई हैरान बनाएको आरोपसमेत लगाएका थिए ।

एप्पलका सीईओ टिम कुक र सफ्टवेयर प्रमुख क्रेग फेडेरिघीलाई ईमेलमार्फत आएका गुनासोलाई कम्पनीका वरिष्ठ इन्जिनियर रोन ह्वाङ्गले रिप्लाई गरेका थिए । उनले प्रतिक्रियामा कम्पनीको उद्देश्य त्यसो नभएको उक्त समस्या अनपेक्षित रूपमा देखिएको जनाएका थिए ।

यसो त कम्पनीले आईओएस १६ सार्वजनिक गर्नुअघि कपी पेस्टमा समस्या भएको कुरा पाएको थिएन । यस किसिमको बगले नयाँ आईफोन १४ सिरिजलाई प्रभावित पारेको देखिन्छ ।

एप्पलले आईओएस १६.०.२ अपडेट सार्वजनिक गरेसँगै यो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ २१:१५